राष्ट्रिय अखण्डताको नारासहित जातिय पहिचानका आधारमा संघीयता हुन नहुने आवाज उठाउँदै आन्दोनलमा उत्रिएका ब्राहमण समुदाय, क्षेत्री समुदाय लगायतले सरकारले आफूहरुसँग गरेको सम्झौता विरोधी सहमति गरेको भन्दै आजदेखि अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका छन् ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातीय संगठनले आयोजना गरेको अनिश्चितकालीन बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । हिजो राति बन्द घोषणा गरेपनि विहान यातायात सुचारु थियो। तर, ८ बजेपछि आयोजकहरुले राजधानीका विभिन्न स्थानमा यातायातमा अवरोध सिर्जना गरेका छन्।बन्दका कारण बिहानका कलेजहरुमा पुगिसकेका विद्यार्थी फिर्ता भए भने कर्मचारीहरु हिडेरै अफिसतिर लागेको देखिन्छ।सरकारसँगको वार्ता विफल भएपछि बुधबार पत्रकार सम्मेलन गरी अनिश्चितकालिन आम हड्तालको घोषणा गरेका थिए। यसअघि जेष्ठ ३ गतेसम्म सरकारलाई अल्टिमेटम दिएका उनीहरुले ११ वटा राज्यको संख्या तय गरेर जातीय आधारमा संघीयता ल्याउने योजना भएको ठहर गरेका छन्।राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयूक्त संघर्ष समितिले पत्रकार सम्मेलनमा केही जातीहरुबाट प्रतिवादमा उत्रिने काम भएको भन्दै सो को भत्सर्ना समेत गरेको छ।समितिका अध्यक्ष दिलबहादुर क्षेत्रीले मुलुकको सद्भावका लागि नै आफूहरुले आन्दोलन गर्नुपरेको बताए। उनले आम नेपालीबीच फुट ल्याउने खालको संघीयतालाई आफूहरुले अस्वीकार गर्ने भन्दै संघीयतामा जातीय गन्ध आउन नहुनेमा जोड दिए।समितिमा श्रेत्री समाज नेपाल, ब्राहमण समाज नेपाल, ठकुरी समाज महासंघ नेपाल, नेपाल दशनामी समाज, विभेद मुक्ति प्रगतिशिल समाज, दलित जनजागरण सेवा संघ, खस क्षेत्री एकाता समाज, पिछडा बर्ग महासंलगायतको सहभागिता रहेको छ।