बुटवल, जेठ २ । बाह्रबर्षको कलिलो उमेरमै हेलिकोप्टरको नमुना बनाएर प्रदर्शन गरि चर्चाको शिखरमा पुग्न सफल रुकुमका नबिन बिश्वकर्माले अब निकट भबिश्यमै ब्यबसायीक उडान भर्न सक्ने आधुनिक हेलिकोप्टर निर्माण गर्ने घोषणा गरेका छन् ।
सानो उमेरमै काठको भएपनि हेलिकोप्टरको बनाएर उडाएका नबिनले अब बुटवलमै बसेर आफ्नो मेहनत, लगनशिलता र निष्ठाबाट ब्यबसायिक हेलिकोप्टर बनाएर उडाउने अठोट समेत गरेका छन् ।
अठोट, लगनशिलता र समर्पण भएमा लक्षमा पुग्न सकिने बताउदै युवा बैज्ञानिक बिश्वकर्माले एक दशक अघि बनाएको सो हेलिकप्टर सम्झादै भन्छन, ‘त्यतीबेला कसरी बन्यो र कसरी उडाउन सफल भए म आफैलाई अचम्म लाग्छ । अहिले परिपक्क भएर आएको छु, संसारकै सबैभन्दा सस्तो हेलिकप्टर यहि बनाउछु र उडाउाछु’।
एक हेलिकप्टर निर्माण गर्न करिब १५ लाख खर्च लाग्ने बताउदै नबिनले उक्त हेलिकप्टर निर्माण गरेपछि रु २५ लाख सम्ममा अन्तराष्टिय बजारमा बिक्री गर्न सकिने बताउछन । सरकारले आफ्नो कला, सिप र क्षमतालाई चिन्न नसकेकोमा दुख ब्यक्त गर्दै हेलिकप्टर निर्माण गर्न जनस्तरबाट सहयोगको अपेक्षा गरेका छन् । उनले नेपाली चलचित्र दुश्मनको च्यारिटी सो बाट संकलन भएको रकमबाट हेलिकप्टर निर्माणको कार्य शुरु गर्ने बताउदै सो कार्य सम्पन्न गर्नका लागि ४ जना सहयोगी को साथ लिने बताएका छन् ।
नबिनले नेपालकै दुर्गम जिल्ला रुकुमको खलङ्गामा जन्मेर पनि २०५७ सालमा १२ बर्षको उमेरमा हेलिकोप्टर बनाएर तत्कालिन राजारानी र प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको अगाडी आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । तत्पश्चात नारायणहिटि राजदरबार हत्याकाण्ड र माओबादी जनयुद्धका कारण सरकारको र राजनैतिक दलहरुको ध्यान उतैतिर बढि केन्द्रित भएको र आफु सानै भएकाले सम्बन्धित निकाय संग समन्वय लगाएतका कार्यहरु गर्न नसकेकोले आफ्नो क्षमता र प्रतिभा ओझेलमा परेको उनी बताउछन ।
सबैबाट समुचित अवसर र सहयोग पाएमा अब निकट भबिश्यमै २ जना मानिस बस्न सक्ने र १ घण्टामा ३ सय किमि दुरी पार गर्ने हेलिकोप्टर बनाएर उडाउने र बिश्वमा नेपाल र नेपालीले पनि केही गर्न सक्छन भनेर देखाउने महत्वकांक्षा भएको विश्कर्माले बताए ।