क्यान्टिनमा खानाको मुल्य बढाएको भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका बिद्यार्थीले क्याम्पस प्रमुख लगायत एक दर्जन भन्दा बढी प्राध्यापक र कर्मचारीलाई बन्धक बनाएका छन्। टेन्डर नै नगरी एकै पटक चालिस प्रतिशत भन्दा बढी मुल्य बढाएको भन्दै उनीहरुले क्यम्पस प्रमुख डा। अरबिन्द कुमार मिश्र र साहायक क्यम्पस प्रमुखहरु महेश चन्द्र लुइँटेल, ज्ञानबहादुर थापा र तिलक वानियाँ तथा स्ववियु सभापति प्रकास सापाकोटा लगायतलाई हिजो साँझदेखि बन्धक बनाएका हुन्। समयानुकुल मुल्य कायम गर्न पटक पटकको आग्रह वेवास्ता गरिएकाले बाध्य भएर बन्धक बनाउनुपरेको बिद्यार्थीहरुले बताएका छन्।
कलेजको क्यन्टिनमा खाजा तथा खानामा भरी मुल्यबृद्धि गरेको भन्दै बिद्यार्थीले उनिहरुलाइ हिजो बेलुकी पाँच बजे देखि बन्धक बनाएका हुन्। अहिले खानाको प्रति छाक ३२ रुपैया मुल्य रहँदै आएकोमा एकै पटक ४५ रुपैया पारिएको भन्दै बिद्यार्थीहरु आक्रोशित भएका हुन्। मुल्य घटाउनका लागि आफूहरुले गठन गरेको बार्ता टोलीलाई वेवास्ता गरेको भन्दै बिद्यार्थी बार्ता टोली सहित क्याम्पस प्रशासनलाई उनीहरुलाई बन्धक बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस !