जनकपुरमा हिजो भएको वम विस्फोटको विरोधमा आज जनकपुर वन्दको आब्हान गरिएको छ। मिथिला राज्य संघष समितिले वम विस्फोटमा परि मृत्यु भएकालाई शहिद घोषणा तथा घाइते भएकाहरुलाई उपचार खर्च उपलब्ध गराउन माग गर्दै बन्दको आब्हान गरेको हो। दोषीको पहिचान गरी कारबाही नभएसम्म अनिश्चितकालसम्मका लागि जनकपुर बन्द गर्ने संघर्ष समितिले चेतावनी दिएको छ। साथै घटनाको उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने तथा मिथला राज्य घोषणा गर्नुपर्ने माग समेत राखिएको छ। अनिश्चितकालिन जनकपुर वन्दका कार विहानैदेखि सवारी साधन चलेको छैनन् भने कलकारकखाना लगायत वजार पुर्ण वन्द रहेको छ। माग पुरा नभएसम्म मृतकहरुको अन्तिम संस्कार नगर्ने समेत पिडितहरुले बताएका छन्। यता प्रहरी प्रधान कार्यलयले प्रहरी नायव उपरिक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस !