प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनकपुरमा हत्या भएकाहरुलाई शहिद घोषणा गरी क्षत्तिपूर्ति दिने बताएका छन् । उनले घाइतेहरुको उपचारमा सरकार लागि परेको भन्दै घटनालाई आततायीको संज्ञा दिए ।
घटनाले सरकारलाई गम्भीर वनाएको छ दोषीलाई कारवाही हुन्छ,’ उनको भनाइ थियो । मे दिवशको अवसरमा वुधवार विराटनगरको घाट खोलामा माओवादी निकट मजदुरहरुले आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री भट्टराईले जेष्ठ १४ गतेसम्म अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै सुरक्षाकर्मीलाई उच्च सर्तकाता अपनाउन दिर्नेशन दिएको वताए । प्रतिगामी शक्तिहरु यस्तो बेला सलवलाउन सक्ने भन्दै उनले यसका लागि सरकार चनाखो रहेको वताए ।
संविधान निर्माणका लागि धेरै कुरामा दलहरु विच सहमति भइसकेकाले सहमतिकै आधारमा अघि बढ्ने प्रधानमन्त्री भट्टराईको भनाइ थियो । ‘धेरै कुरा मिली सकेका छन्, आज मे दिवश परेकाले दलहरुसंगको कुराकानी स्थगन भएको छ, फेरी राजधानी फर्केर सहमतिकै प्रयासमा लाग्छु,’ उनले भने, ‘राज्यको संरचना, शासकीय स्वरुप लगायतका विषयमा अनौपचारीक सहमति भइ सकेको र राज्य संख्यामा समेत हामी विच सहमति हुन्छ ।’
सरकार परिवर्तको कुनै संभावना नरहेको भन्दै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वको सरकारले संविधान जारी गर्ने दावी गरे । ‘सरकार परिवर्तनवाट अविश्वासको प्रस्ताव यी सवै उड्न्ते हल्ला मात्र हुन पहिलो पार्टी भएकाले मेरो नेतृत्व वा माओवादीकै नेतृत्वमा संविधान जारि हुन्छ,’ भन्दै उने भने, ‘यो नयाँ कुरा हैन कात्तिक १५ गते नै ठूला दलहरु विच भएको सहमतिको कुरा हो त्यसपछिको सरकारको नेतृत्व कांग्रेसले गर्छ ।’
कात्तिक १५ गते देखि नै माओवादी सहमतिको सरकार गठनको प्रकृयामा लागेको भन्दै अहिले पनि सवै दललाई सरकारमा ल्याएर संविधान जारी गर्ने प्रयास भइ रहेको उनले वताए ।