एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले माओवादीमा अन्तरविरोध निर्णायक मोडमा पुगेको भन्दै कित्ताकाट गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आज र्कीतिपुरमा उपाध्यक्ष मोहन बैद्य पक्षको विचार समूहलाई समर्थन गर्ने अखिल क्रान्तिकारीका कार्यकर्ताहरुको राष्ट्रि«य भेला उद्घाटन गर्दै महासचिव थापाले पार्टीमा अन्तरविरोध निर्णाय मोडमा पुगेकाले जनताको पक्ष वा विपक्ष कता लाग्ने भन्नेमा स्पष्ट हुन आग्रह गर्नुभयो । उहाँले पार्टी नेतृत्वले जनता र राष्ट्र विरोधी काम गरिरहेको आरोप समेत लगाउनुभयो ।
महासचिव थापाले विदेशीको चाहना अनुसारको संविधान बनाउने खेल भइरहेको दाबी समेत गर्नुभयो । भेलामा बैद्य पक्षको विचारलाई समर्थन गर्ने देशभरका झण्डै १ हजार विद्यार्थीहरु सहभागि छन् । सहभागिहरुलाई महाचिव थापा, माओवादी नेता नेत्रविक्रम चन्द र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनााथ न्यौपानेलगायतले प्रशिक्षण दिनुभएको थियो ।