काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले “विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३” जारी गर्नुभएको छ ।

भोटेकोशी बाढीलाई मध्यनजर गर्दै यो अध्यादेश जारी गरिएको हो । हालको विपद्सम्बन्धी ऐनमा १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । जस कारण मृतकका परिवारलाई विमा दाबी, राहत तथा क्षतिपूर्ति लगायतमा समस्या देखिएको अवस्थालाई मध्यनजर गर्दै यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अधयादेशमा आएको जनाएको छ ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्न सिफारिश गरेकोमा राष्ट्रपति कार्यालयले शुक्रबार एउटा मात्रै अध्यादेश जारी गरेको जनाएको हो ।

सरकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !