काठमाडौं। अन्तर्राष्ट्रिय तामाङ परिषदले आयोजना गरेको तामाङ विषयगत विज्ञ भेला शनिबार काठमाडौंको रामहिटिस्थित सिद्धार्थ बुटिक होटलमा सुरु भएको छ । दुई दिन सम्म हुने सो कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङलेकाठमाडौं। अन्तर्राष्ट्रिय तामाङ परिषदले आयोजना गरेको तामाङ विषयगत विज्ञ भेला शनिबार काठमाडौंको रामहिटिस्थित सिद्धार्थ बुटिक होटलमा सुरु भएको छ । दुई दिन सम्म हुने सो कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङले  गर्नु भएको थियो। उहाँले बागमती प्रदेशमा कामकाजीको भाषा ऐन कार्यान्वयनको चरणमा रहेकोले भेलाले लिपिको समस्यालाई समाधान गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, अमेरिका, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका छन्। भेलामा विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । उद्घाटन सत्रलाई आइटिसीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्व राजदुत डा.गणेश योन्जन, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्धिमान तामाङ, नेपाल तामाङ समाज जापानका वरिष्ठ उपाध्यक्ष गिरीबहादुर तामाङ, अखिल भारत बौद्ध संघका सल्लाहकार राजकुमार तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामा लगायतले शुभकामना दिनु भएको थियो । जारी विज्ञ भेलामा विभिन्न ६ समूह बनाएर छलफल गरिएको परिषद्का महासचिव टासी लामा तामाङले बताउनु भयो। विज्ञ भेलामा सांस्कृतिक पुनः उत्थान समितिको संयोजन घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङले गर्नु भएको थियो ।  त्यसैगरी तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजन डा. संग्राम सिंह लामा, तामाङ मानवअधिकार प्रवर्द्धन समितिको संयोजन सोमबहादुर घले, भाषा, लिपि तथा शिक्षा प्रबर्द्धन समितिको संयोजन अमृत योञ्जन तामाङ, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति डा.मुक्तसिंह थोकर र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजन मोहन तामाङले गर्नुभएको  थियो । ६ वटै समितिले अबको तीन वर्षमा गर्न सकिने योजनासहित आइतबार खाका प्रस्तुत गर्ने र कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको आयोजले जनाएको छ । गर्नु भएको थियो।
उहाँले बागमती प्रदेशमा कामकाजीको भाषा ऐन कार्यान्वयनको चरणमा रहेकोले भेलाले लिपिको समस्यालाई समाधान गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।
भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, अमेरिका, भारत, भुटान, बर्मा लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका छन्। भेलामा विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।
उद्घाटन सत्रलाई आइटिसीका पूर्वाध्यक्ष एवं प्रमुख सल्लाहकार, पूर्व राजदुत डा.गणेश योन्जन, तामाङ समाज पोर्चुगलका सल्लाहकार कुमार तामाङ, तामाङ समाज अमेरिका न्युयोर्कका अध्यक्ष बुद्धिमान तामाङ, नेपाल तामाङ समाज जापानका वरिष्ठ उपाध्यक्ष गिरीबहादुर तामाङ, अखिल भारत बौद्ध संघका सल्लाहकार राजकुमार तामाङ, तामाङ घेदुङ मलेसियाका पूर्वाध्यक्ष जगत दोङ, तामाङ समाज युएई नेपालका सम्पर्क समिति अध्यक्ष निशान लामा लगायतले शुभकामना दिनु भएको थियो ।
जारी विज्ञ भेलामा विभिन्न ६ समूह बनाएर छलफल गरिएको परिषद्का महासचिव टासी लामा तामाङले बताउनु भयो।
विज्ञ भेलामा सांस्कृतिक पुनः उत्थान समितिको संयोजन घेदुङका पूर्वअध्यक्ष परशुराम तामाङले गर्नु भएको थियो ।  त्यसैगरी तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजन डा. संग्राम सिंह लामा, तामाङ मानवअधिकार प्रवर्द्धन समितिको संयोजन सोमबहादुर घले, भाषा, लिपि तथा शिक्षा प्रबर्द्धन समितिको संयोजन अमृत योञ्जन तामाङ, अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति डा.मुक्तसिंह थोकर र अन्तर्राष्ट्रिय उच्च स्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजन मोहन तामाङले गर्नुभएको  थियो ।
६ वटै समितिले अबको तीन वर्षमा गर्न सकिने योजनासहित आइतबार खाका प्रस्तुत गर्ने र कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको आयोजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !