• नमोबुद्ध संवाददाता

काठमाडौं– गायक, संगीतकार, फिल्म निर्देशन अनि मोडल । रोशन फ्युबाको परिचय निकै फराकिलो छ । म्हेन्दोमाया गायक र संगीतकारको रुपमा त उनको भिन्न छवि नै निर्माण भएको छ । चारवटा तामाङ भाषाको फिल्मपछि नेपाली कथानक फिल्म ‘नीरफूल’मा सहायक निर्देशन र अभिनेताको रुपमा देखिन थालेका उनको व्यस्तता लोभलाग्दो छ ।

यतिबेला भने उनको नयाँ म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ‘ङोरी मुपाला बोरी खपला वि, बोरी मुपला का ङोरी खपला…’ (भाग्यमा भएको भागमा परेको कि भागमा भएको भाग्यमा परेको…’ बोलको गीतको म्युजिक भिडियो युट्यबमार्फत सार्वजनिक भएको हो । यो गीत गायक रोशन आफै सिर्जना गरेका हुन् भने संगीत पनि उनकै हो । स्वरमा भने उनलाई चर्चित सेलो गायिका जितु लोप्चनले साथ दिएकी छन ।

म्युजिक भिडियो रोमान्टिक शैलीमा निर्णाण गरिएको छ । अभिनयमा म्हेन्दोमाया गायिका तथा मोडल छिमी माम्बा रोशनलाई जमेर साथ दिएकी छन् । भिडियोमा रोशनले म्हेन्दोमाया गाउँदै सोल्टिनीहरुलाई फकाएको दृष्य निकै रोचक लाग्छ । भिडियोको निर्देशन राज किङ वाइबाले गरेका छन् भने छायांकन मरुभुमिले ।
दोस्रो म्हेन्दोमाया युजिक अवार्डलाई लक्षित गरी बनाइएको भिडियोमा मान्छेको जीवन मा आइपर्ने समयक्रमलाई देखाउन खोजिएको रोशनले बताए ।

प्रतिक्रिया दिनुहोस !