३५ वर्ष उमेर पुगिसकेकी हलिउड अभिनेत्री अन्ना फेरिस लाई ८ वटा बच्चाको आमा बन्ने इच्छा छ । अन्ना बिहेको ३ वर्षपछि पहिलो बच्चा जन्माउने वाला छिन् । अर्थात् उनी अझै आमा बनिसकेकी छैनन् । तर बिहे नगर्दै कोक्रो बुन्न हतारो भनेजस्तै उनलाई ८ सन्तानकी आमा बन्ने चाहना छ ।अन्नाले ३ वर्षअघि अभिनेता क्रिस प्रेटसँग बिहे गरेकी थिइन् । बिहेको ३ वर्षपछि पहिलो बच्चा जन्माउने तयारीमा रहेकी अन्नाले एक वेबसाइटसँगको अन्तरवार्तामा भनेकी छिन्, ‘ मलाई ८ वटा बच्चाको आमा बन्ने इच्छा छ ।’उनले भनेकी छिन्,‘ चाहे मैले यतिधेरै बच्चाको स्याहारसुसार गर्न नसकूँ तर मलाई धेरै बच्चा चाहिन्छ । मलाई मेरा सन्तानले दुनिया ढाकून् भन्ने चाहन्छु ।’ अझ हाम्रो भाषामा भन्नुपर्दा अन्नालाई आफ्ना सन्तानले डाँडाकाँडा ढाकून् भन्ने इच्छा छ ।