सदियौंदेखि विभिन्न जातजाति मिलेर बसेको नेपालमा पछिल्लो समय संविधानमा जातीय पहिचानसहितको प्रदेश उल्लेख हुनुपर्ने माग राख्दै भै रहेको जातीय आन्दोलनले सामाजिक सदभाव बिथोलिने हो कि भन्ने आशंका बढिरहेको बेला लोकप्रिय गायक राजेशपायल राईको “तागाधारी होस् या त सेता मगुराली, जे भएनि मायालु म त नेपाली” बोलको गीत बीबीसी नेपाली सेवाका श्रोताको उत्कृष्ट रोजाइमा परेको छ । विविसी नेपाली सेवाले राष्ट्रिय गीत समाबेस गरि प्रसारण गरेको कार्यक्रममा बुद्धवीर लामा को शब्द रचना र चन्द्रकुमार दोङको संगीत रहेको यो गीतलाई धेरै स्रोताले मन पराएका हुन् । कार्यक्रममा बजेका अन्य चार गीतमा ‘नेपाली हामी रहुँला कहाँ‘’, ‘पश्चिम कोही पूर्व घर‘’, ‘पहाडमा जाडो बढे तराइले सेक्नुपर्छ‘’ र ‘हर रात सपनीमा नेपाल देख्न पाउँ‘’ सहित ५ राष्ट्रिय गीत रहेका थिए । आफूले गाएको राष्ट्रिय सद्भावनाको गीतलाई स्रोताको रुचिका आधारमा विविसीले उत्कृष्ट मानेकोमा गायक राजेश पायल राईले गर्व लागेको बताएका छन् । जुनसुकै जातिको भए पनि पहिला आफू नेपाली भएकोमा गर्व गरौ, फुट्न होइन जुट्न सिकौ भन्ने सन्देश यो गीतमा रहेको छ