अखण्ड सुदूरपश्चिमको बन्दका क्रममा चलाईएको एम्बुलेन्समा मदिरा र तरकारी भेटिएको छ। धनगढीबाट मदिरा बोकेर बझाङ गइरहेको सरकारी नम्बर प्लेटको एम्बुलेन्समा मदिरा र तरकारी भेटिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र बझाङको एम्बुलेन्सलाई आन्दोलनकारीले डडेल्धुराबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई बुझाएका थिए। एम्बुलेन्समा १२ बोतल भर्जिन, जिन ९६ क्वाटर, युनिकर्न ४४ क्वाटर, डिजेल ६० लिटर, ५ लिटर मट्टितेलका साथै तरकारी समेत फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस !