दलहरुबीच संविधान लेखनको विषयलाई लिएर मत बाझिएको बेला भारतीय राजदूत जयन्तप्रसादको सक्रियता बढेको छ । यसअघि राष्ट्रिय सरकार गठन गर्ने बेला निक्कै सक्रिय देखिएका जयन्तप्रसाद अहिले फेरी सक्रिय भएका छन ।
राजदुत जयन्तप्रसाद र नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि आज विहान भेटवार्ता भएको छ । कांग्रेस सभापति कोइरालालाई भेट्न भारतीय राजदूत जयन्त प्रसाद कोइराला निवास महाराजगन्ज गएका थिए । भेटमा संविधानका विमती र दलहरुबीचको सहमतिबारे छलफल भएको कोइरालाका प्रेस सहयोगी लक्ष्मण ढकालले जानकारी दिए ।
संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा भारतीय राजदूतको सकृयतालाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि सरकार पुनर्गठनको बेला मुख्य तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भारतकै प्रभावमा पाँच बुँदे सहमति भएको चर्चा चलेको थियो ।
यसैबीच संविधानको विवाद तथा सरकारका कामकारबाहीबारे सत्तारुढ एकीकृत नेकपा माओबादी र नेपाली काँग्रेसबीच आज विहान छलफल भएको छ । माओबादी अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा संविधानमा विवादित विषयमा अझै पनि सहमति खोज्ने बारेमा छलफल भएको थियो ।
दुई दलको छलफलअघि प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो