
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि अध्यादेश ल्याएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमा आएपछि नीतिगत सुधार गर्नु आवश्यक ठानेर ठोस कार्ययोजना तय गरी नीतिगत सुधारको प्रक्रियालाई तीब्रता दिन अध्यादेश जारी गरेको बताएका हुन् ।
उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत् संशोधन गरिएका बताए ।
प्रधानमन्त्रीले अध्यादेश कार्यान्वयन भएपछि सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने उल्लेख गरे । कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सक्नै पर्ने कानुनी व्यवस्था गरिएको उनले बताए ।प्रधानमन्त्री ओलीले अब अध्यादेश संसदको सम्पत्ति भएको बताए।