काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् । ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरेका छन् । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उनले भनेका छन् ।
मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु-याउनुपर्ने बताएका छन् ।