काभ्रे । धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ नेतृत्वको जनप्रतिनिधिहरूको टोलीले धुलिखेल खानेपानी आयोजनाको मुख्य मुहान स्थलको निरिक्षण गरेका छन् ।

आयोजनाको मुख्य मुहान स्थल पनौती नगरपालिका वडा नम्बर १२ स्थित रोशीखोलामा अस्थायी रूपमा विछ्याईएको पाईपको नगर प्रमुख ब्याञ्जुको टोलीले निरिक्षण गरेका हुन् । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण क्षतिग्रस्त क्षेत्रमा पाईप विछ्याउने काम बुधबार सम्पन्न भएको छ ।

छिट्टै नै धुलिखेल स्थित मुख्य ट्यांकीमा पानी खसाल्ने योजना रहेको धुलिखेल खानेपानी तथा उपभोक्ता सरसफाइ समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !