काठमाडौं–तामाङ सेलो गीत संगीत क्षेत्रमा पछिल्लो सिर्जनाको रुपमा ‘कोर्बारी नगरकोट’ विजय तामाङ युटुब च्यानलमार्फत दर्शक स्रोतामाझ आएको छ ।

रंगमञ्चका साथै वाद्य वादन तथा संगीत साधनामा अभ्यस्त कलाकार विजय तामाङ यो कोसेलीसाथ दर्शकस्रोतामाझ प्रस्तुत हुनुभएको हो । आफ्नै शब्द रचना रहेको ‘कोर्बारी नगरकोट’ मा विजय तामाङको साथमा जितु लोप्चनको सुमधुर आवाज रहेको छ ।

आकाश आकुको संगीत तथा निर्माण रहेको गीतको लिरिकल भिडियोले अहिले चर्चा पाईरहेको छ । सार्वजनिक भएको हप्ता दिनमै हजारौं दर्शकस्रोताको रोजाईमा परेको छ । सकारात्मक प्रतिक्रियाहरु आएका छन् । तामाङ भाषामा रहेको गीत मनोरञ्चनात्मक बनेको छ । धेरै दर्शकस्रोता यो गीतमा टिकटक बनाएर रमाएका देखिन्छन् ।

दर्शकस्रोताको न्युन पहुच रहेको नयाँ युटुब च्यानल Bijay Tamang मा हजारौं भ्युअर्स पाउनु सामान्य हैन । यो दर्शक स्रोताको उत्साहजनक र राम्रो माया मान्न सकिन्छ ।

विजय सेलो थिएटर मार्फत विभिन्न नाटकहरुमा अभिनय गर्ने सशक्त कलाकार हुनुहुन्छ ।  पछिल्लो समय वाद्यवादकको रुपमा बढि आफूलाई प्रस्तुत गर्दै आएका उहाँ  नव गायकको परिचय लिएर आउनुभएको हो । वाद्यवादनका साथै अन्य कलाकारका गीत गाउँदै स्टेज तताउने विजय संगीत क्षेत्रमा लामो समयको प्रयास साकार भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।

पहिलो संगीत कृतिको रुपमा ल्याएको ‘कोर्बारी नगरकोट’ ले पाएको चर्चा आफ्नो संगीत करिअर निर्माणमा उर्जाको रुपमा ग्रहण गर्ने उहाँको भनाई छ ।

लिरिकल भिडियो :

प्रतिक्रिया दिनुहोस !