• मिना लामा

रोजाईमा  बनेपा फेसियल हाउस

काभ्रेपलाञ्चोक–छाला हाम्रो शरीरको बाहिरी तथा सबैभन्दा महत्वपुर्ण भाग हो तसर्थ यसको हेरचाहमा बिशेष ध्यान पुर्याउनु पर्छ । गर्मीमा छालामा टोनिङ, एलर्जी, चायाँ, कालो तिल जस्ता समस्याहरू पनि उत्पन्न हुन्छन् । यी समस्याबाट छुटकारा पाउन भरसक दिनको दुईपटक नुहाउनुपर्छ । नुहाउँदा पसिनाको दुर्गन्ध तथा त्यसबाट हुने संक्रमणबाट पनि बच्न सकिन्छ । जब जब बाहिर घामबाट घर भित्र पसिन्छ, माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ । यसबाट गर्मीको प्रभाव कम हुन्छ ।

हाम्रो छाला शरीरका लागि सुरक्षात्मक कवचजस्तै हो । तर गर्मीमा अत्यधिक तापमान तथा सूर्यका तेज किरणले हाम्रो छाला झोल्लिन्छ । गर्मीमा छालामा टेनिङ, एलर्जी, चायाँ, कालो तिलजस्ता समस्याहरू पनि उत्पन्न हुन्छन् ।

यी समस्याबाट छुटकारा पाउन भरसक दिनको दुईपटक नुहाउनुपर्छ । नुहाउँदा पसिनाको दुर्गन्ध तथा त्यसबाट हुने संक्रमणबाट पनि बच्न सकिन्छ ।जब जब बाहिर घामबाट घर भित्र पसिन्छ, माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ । यसबाट गर्मीको प्रभाव कम हुन्छ ।

छाला हाम्रो शरीरको बाहिरी तथा सबैभन्दा महत्वपुर्ण भाग हो तसर्थ यसको हेरचाहमा बिशेष ध्यान पुर्याउनु पर्छ । छाला नराम्रो भए यसले मानिसको व्यक्तित्वमा प्रतिकुल असर पुर्याउछ तसर्थ छालालाइ समयमै हेरचाह गरी अनुहारमा देखा पर्ने समस्याबाट बचाउन सकिन्छ । गर्मीलाई नै केन्द्रित गरी बजारमा बिभीन्न प्रकारका सनस्किन क्रिम भित्रिएका छन्। प्रचण्ड गर्मीबाट छालालाई बचाउने अचुक उपाय सनस्क्रिन क्रिमको प्रयोग हो । यसले घामबाट निस्कने हानिकारक किरणहरुको प्रभाव तथा असरबाट छालालाई जोगाउँछ ।

सनस्क्रिम प्रयोग गरीएन भने छालामा नराम्रो दाग देखा पर्नसक्छ । यस्तो दागलाइ पोतो, चाया तथा मखिया आदि नामबाट परिभाषित गरिन्छ । यस्तो प्रकारको दाग छालामा देखा परेपछि यसलाइ हटाउन निकै कठिन हुन्छ । एकपटक छालामा देखिएपछि त्यसलाई हटाउनका लागि मेहेनत, उपचार तथा पैसा अनुमान गरिए भन्दा अधिक पैसा खर्च हुन्छ । त्यसैले गर्मीको मौसममा सनस्क्रिन क्रिम लगाउनु समयमै छालालाइ बचाउनु हो ।

नेपाली बजारमा अहिले बिभीन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा छ। सबै ब्राण्डरुले नयाँ–नयाँ प्रविधीका सौन्दर्य सामग्री भित्र्याउने गरेका छन् । हरेक मौसम हाम्रो छालाले फरक फरक तरिकाको हेरचाह खोज्छ। जाडो महिनामा छाला सृुख्खा हुने समस्या हुन्छ भने गर्मीमा छाला तैलीय हुने समस्या आउछ ।

तैलीयको कारणले गर्दा अनुहार डण्डीफोर आउने पनि प्रवल सम्भावना रहन्छ । त्यसैले अनुहार पोतो चाया आउने मात्र होइन यो मौसममा अनुहारमा डण्डीफोरले पनि अनुहारलाइ कुरुप बनाउछ। यस्ता समस्यबाट जुध्न उपयुक्त सौन्दर्य प्रशाधन आवश्यक पर्छ । बाहिरी काम गर्ने तथा स्कुटर चलाउनेहरुका लागि त यस्ता प्रसाधन नभै हुदैन ।

हर्बलदेखि रसायन प्रयोग भएका यस्ता सामग्रीहरुको माग उत्तिकै छन् । अहिले छालाका चिकित्सकहरुले पनि यस्ता प्रसाधन प्रयोगका लागि सल्लाह दिन्छन्। नेपाली बजारमा गर्मीलाइ केन्द्रित गरि भएभरका सामग्री भित्रीएका छन् । बजारमा बिभीन्न फ्लेवरका सन स्क्रिन क्रिम तथा फेशवास खरीद गर्न सकिन्छ ।

सनस्क्रिन क्रिम

बिगत एक दशकदेखि नेपाली सौन्दर्यबजारमा सनस्क्रिन क्रिमको माग ह्वात्तै बढेको छ । नेपाल उचाइको दृष्टिकोणले निकै माथि रहेको हुनाले यहाँ घामको किरणको प्रभाव अधिक पर्छ । त्यसैले यहाँका बासिन्दाहरुमा छालाका समस्या देखा पर्छ। यस्ता समस्या हटाउन बजारमा अहिले बिभीन्न किसिमका सन क्रिम पाइन्छ । आफनो अनुहारको छालाको प्रकृति तथा रंग हेरेर सनस्क्रिन क्रिम चयन गर्नुृपर्छ । तैलीय छाला छ भने ओइल फ्रि सन क्रिम प्रयोग गर्नु पर्छ ।

नेपालको घाम अनुसार नेपालीहरुले एसपीएफ ५० युक्त सन क्रिम प्रयोगमा ल्याउनु उपयुक्त हुने बताइन्छ । एसपीएफले नै अनुहारको छालालाइ घामबाट बचाउछ । अहिले नेपाली बजारमा एसपीएफ २० देखिका सन क्रिम पाइन्छन् । सनस्क्रिन क्रिमलाइ सन जेल क्रिम, सन ब्लक क्रिम, सनसिल्ड क्रिम, सन लोसन क्रिम आदि नाममा बजारमा आएका छन । पिलो प्याकदेखिको प्याकेजिगंमा उपलब्ध यस्ता सनक्रिम लोशन वा क्रिमका रुपमा उपलब्ध हुन्छन् ।

प्रकृति फरक भएपनि यिनले छालाको रक्षा गर्ने काम भने गर्छन् । यो क्रिम बेसमा आउछ। यो तैलीय तथा सुख्खा दुबै छालाका लागि उपयोगी हुन्छ । यो क्रिम अनुहारमा लगाएपछि केहिबेर मसाज गर्नुपर्छ । यो घाममा निस्कनुभन्दा २० मिनेट अघि अनुहारमा लगाउनु पर्छ। सम्भव भए यो क्रिम लगाएको केहि घन्टा पछि पुनः लगाउनु पर्छ ।

सन क्रिम लोशन

यो केहि तरल प्रकृतिको हुन्छ । यो सुख्खा छालाका लागि बढी उपयोगी हुन्छ । यो तरल अवस्थामा हुने भएकाले ब्लेन्ड गर्न सजिलो हुन्छ । यो पनि बजारमा बिभीन्न प्याकिगंमा खरीद गर्न सकिन्छ ।

फेश वास

फेश वास अनुहार सफा गर्न प्रयोग गरिन्छ । यसले अनुहारलाइ कुनै प्रकारको असर नगरी छाला सुन्दर तथा कान्तिमय बनाउछ । साबुन अनुहारका लागि निकै हानिकारक हुन्छ किनभने यसले अनुहारलाइ रुखो बनाइ दाग ल्याउछ । त्यसैले आफनो अनुहारको स्याहारका लागि फेशवास निकै उपयोगी छ । फेशवासले छालाको रोमछिद्र खुलाएर छालालाइ स्फुर्त बनाउछ। रोम छिद्र बन्द हुँदा छालामा राम्ररी हावा प्रसार हुन पाउदैन । यसो गर्दा छालामा बिभिन्न समस्या पैदा हुन्छ । यस्ता समस्याहरुबाट फेशवासले बचाउछ ।

नेपाली बजारमा बिभीन्न फलेवर तथा प्याकमा फेशवास खरीद गर्न सकिन्छ । फ्लेवर अनुसार बिभीन्न सेन्ट तथा रंगका फेश वास अहिले बजारमा देखिएका छन् । पार्टेबलदेखि ठूला मेजर प्याकहरुका फेशवास खरीद गर्न सकिन्छ । अनुहारको प्रकृतिअनुरुप फेश वास छनोट गर्नुपर्छ। अहिले बिशेषगरी एलोबेरा तथा पपैयाको फेशवासको माग अधिक छ । बिशेषगरी मेकअप गरेपछि तथा युवतीहरुका लागि फेशवास प्रयोग गर्नु अत्यावश्यक छ।

हर्मोन परिवर्तन हुने बेलामा अनुहारको छालामा पनि विभीन्न परिवर्तन देखा पर्छ त्यसैले यसबेला राम्रो ब्राण्डको फेशवासले अनुहारमा सन्तुलन ल्याउन सकिन्छ । दिनभरी हिडदा घाम तथा प्रदूषणले बिगारेको अनुहार फेशवासको नियमित प्रयोगले स्वस्थ एवं चमकदार बन्छ । छालाका चिकित्सक तथा सौन्दर्यविद्हरु पनि फेश वास प्रयोग गर्न सल्लाह दिन्छन् ।

स्क्रब
अनुहारलाइ फेशवासले मात्र सफा गरेर मात्र भित्रैदेखि सफा बन्दैन । छालाको मृतकोष सफा नगरी छाला कान्तिमय देखिदैन । अनुहारमा रहेको डेड सेलले अनुहारलाइ नकारात्मक प्रभाव पार्छ। त्यसैले हप्तामा दुइ पटक स्क्रबले अनुहार सफा गर्नुपर्छ । स्क्रबको अवधारणा फेश वास पछि बजारमा आएको हो । यसमा रहेको साना दानाले अनुहारको डेड स्किन हटाउन सहयोग गर्छ । छालाको प्रकृति हेरी बिभीन्न प्रकारका स्क्रब बजारमा देखिएका छन् । यसको नियमित प्रयोगले अनुहारका बिभीन्न समस्या कम हुन्छनन् । स्क्रब पनि बिभीन्न फलेवर तथा प्याकमा खरीद गर्न सकिन्छ ।

फेश मास्क

मुखुन्डो लगाउने चलन हामी नेपालीहरुको परम्परागत रुपमा चल्दै आएको छ । यहि बिधी तथा तरिकालाई पछ्याउदै अहिले बिभीन्न जैविक तत्वयुक्त फेश मास्क बजारमा आएका छन् । अनुहारको संरचनामा मिल्ने गरी बनाइएको यो मास्कमा अनुहारका लागि आवश्यक तत्वहरुको मिश्रण गरिएको हुन्छ । यसलाई अनुहारमा लगाउँदा चिसो अनुभव हुन्छ । यसले अनुहार चम्किलो बनाउछ । कुनै मास्क एक पटकमा एक पटक प्रयोगमा ल्याइन्छ भने कुनै कुनै ३ पटक सम्म प्रयोगमा ल्याइन्छ । फेस मास्क हप्ताको एक पटक लगाउनुपर्छ ।

भोजन

आफ्नो शरीरलाई डिटेक्सिफाइ गर्न तथा पसिनाका कारणले हुने पानीको कमीलाई पूरा गर्न धेरै पानी पिउनुपर्छ । यसबाट अनुहारको छाला सुख्खा हुन पाउँदैन । पानीको कमीले एलर्जी, खस्रोपन, चिलाउने आदि थुप्रै समस्या उत्पन्न हुनसक्छ ।

कहिले काही लिक्विड डाइट (झोलयुक्त (सन्तुलित खाना) लिनुपर्छ जसमा फ्रुट जुस छुटाउनु हुँदैन । हरयिा सागसब्जी तथा सलाद खाइरहनुपर्छ । यसले शरीमा भिटामिन तथा मिनरल्सको सन्तुलन कायम राख्छ । भिटामिन सी तथा भिटामिन ई जस्ता एन्टिअक्सिडेन्ट सप्लिमेन्टका रूपमा खानुपर्छ । गर्मी मौसममा अत्यधिक कोल्ड ड्रिङ्क्स तथा मीठा खानेकुराबाट सकेसम्म टाढै रहनुपर्छ ।

सुन्दरताको पारखीहरुको रोजाई : बनेपा फेसियल हाउस

सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको बनेपा फेसियल हाउस नेपालको अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्य क्षेत्रमा अनुभबी सौन्दर्यबिदहरु भएको एक मात्र फेसियल हाउस हो ।

बिगत दशकौ देखि सम्पूर्ण ग्राहकहरुको सुन्दरतालाई मध्यनजर राखी अनुभबी स्टाफ, अत्याधुनिक प्रवृति बाट सेवा प्रदान गर्दै आएको बनेपा फेसियल हाउसले दशैँ तिहारको लागि बिशेष छुट तथा प्याकेजको समेत ब्यबस्था गरेको छ ।

सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको बनेपा फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो । बनेपा फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् ।

यस बनेपा फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !