धुलिखेल–काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमबाट २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् । धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार आयोजित दीक्षान्त समारोहमा स्कुल अफ आट्र्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, स्नातक तहका १ हजार ८ सय १५ जना सहित जम्मा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका हुन् ।

यसमध्ये आट्र्सका ७० जना, एजुकेसनका ७१जना, इन्जिनियरिबका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १ हजार ५सय ६३ जना र साइन्सका १४९ जना छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्या १ हजार १ सय ८६ जना ९५१.२५ प्रतिशत० र महिलाको सङ्ख्या १ हजार १ सय २८ ९४८।७५ प्रतिशत० रहेको छ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत छन् । तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान,इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी छन् ।

वरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङ प्रमुख आतिथि रहेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति विद्या भट्टाराईको पनि उपस्थिति थियो । समारोहमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा भोला थापाले स्वागत गर्नुभएको थियो ।

श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय सभाको ९७ औं बैठकले आगामी विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गरेको थियो ।

कार्यक्रममा बोल्दै ओलीले काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । विश्वविद्यालयले स्थापना गरेको ग्रीन हाइड्रोजन ल्यावले नवीकरणीय उर्जाको मूलप्रवाहीकरणमा ठूलो योगदान दिने उहाँको भनाई छ ।

साथै, पछिल्लो समयमा विशेषगरी एसईई र कक्षा १२का विद्यार्थीहरुको न्यून उत्तीर्ण प्रतिशतप्रति चिन्ता व्यक्त गर्दै उहाँले आउँदो वर्ष ७० प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले हाल काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको विवाद आपसी छलफलबाट समाधान हुने विश्वास पनि व्यक्त गरर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्याथीलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा काठमाडौं विश्वविद्यालयले परिरहेका प्रयासको बारेमा चर्चा गर्नुभएको थियो । विश्वविद्यालयले पछिल्लो समय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको सहकार्यमा संयुक्त डिग्री कार्यक्रमहरु चलाएको, र विश्वविद्यालयको यस अग्रगामी कदमलाई सरकारले सान्दर्भिक नीति नियम तर्जुमा गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।

उनन्तीसौं दीक्षान्त समारोहको दोस्रो चरणसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४५ हजार ४ सय ३७ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस !