काठमाडौं–स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको बाग्मती प्रदेश कमिटिले ललितपुरको जावलाखेलमा एक कार्यक्रम आयोजना गरि आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

कार्यक्रममा संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उपाध्यक्ष विकास लामा, सुमन कट्टेल, सहसचीव माईकल प्रजा ,कोषाध्यक्ष अनिश बानियाँ लगायत पदाधिकारीहरुको उपस्थितिमा जर्सी सार्वजनिक गर्दै खेलाडीहरुलाई जर्सी वितरण गरिएको हो ।

अध्यक्ष श्रेष्ठले स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ बागमती प्रदेशले बाग्मती प्रदेशमा विभिन्न खेल आयोजना गर्ने तयारी समेत गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो ।

उपाध्यक्ष बिकाश लामाले यो खेलले पर्यटन प्रबद्र्धनमा समेत मद्दत गर्ने बताउँदै यसलाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई खेलबाट टेवा पुग्ने भएकोले स्केटिङ खेललाई जिल्ला ,प्रदेश स्तरबाट नै विकास गर्दै जानु पर्ने धारणा राख्नुभयो ।

विभिन्न कम्पनीहरुमार्फत प्रायोजन गरि स्केटिङ्ग तथा स्केट बोर्डिङ खेललाई बिकास गर्दै लैजाने ह्वाइट रयाबिट स्टुडियोका संचालक विवेक शर्माले बताउनुभयो ।

गाबहाल डेन्टल क्लिनिक ,फिउचर फाउन्डेर, क्लब डाइनामिक, रसुवा सन्साइन ग्रेस हाउसका संचालकहरुको समेत उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !