
काठमाडौं–पार्टी महामन्त्री डा.मुकुल ढकालले हालै ल्याएको प्रतिवेदनमाथि विशेष छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
यहि असार १९ गते बुधबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बैठक बोलाएको रास्वपाल् जनाएको छ ।
पार्टी महामन्त्री डा मुकुल ढकालले हालै ल्याएको प्रतिवेदनपछि रास्वपाको राजनीति तरंगित बनेको छ । जुन प्रतिवेदनका कुरा पार्टीभित्र विवादित बनेको छ । यसमा विभिन्न प्रतिक्रियाहरु आइरहेको छ ।
बैठकमा पार्टी महामन्त्रीको समीक्षा प्रतिवेदनबारे नै छलफल हुने जनाईएको छ । समिक्षा प्रतिवेदनमा रास्वपा दुर्घटनाउन्मुख रहेको,एमाले माओवादीको सम्बन्धबाट टाढिनुपर्ने जस्ता मुख्य विषय समेटिएको छ ।
महामन्त्री ढकालले सो प्रतिवेदन सार्वजनिक गर्न सभापति रवि लामिछानेलाई दबाब दिदै आएको खबर आइरहेको छ ।