खानीखोला–काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिकाको वडा नं. ७ मिल्चेमा दशक वर्ष लामो प्रयासले मोटर सडक खुलेको छ ।
सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन भएपछि उक्त सडकको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङले मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २०७० साल देखि निरन्तरको प्रयासपछि बल्ल ट्रयाक खुल्न सफल भएको हो ।
यो सडक खुलेसंगै अब खानिखोलाका जनसमुदाय अन्य सडकबाट भन्दा १ घण्टा छिटो धुलिखेल सदरमुकाम पुग्न सकिने भएका छन् । स्थानीय समुदायमा खुसीयाली छाएको छ ।

‘यसरी विकास हुदै आएको विकास निर्माण र जनताको पुहँचबाट खानीखोला समृद्धि, विकासका लागि महत्वपूर्ण अवसरको रुपमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष थिङले बताउनुभयो ।

‘जनताले निर्वाचन मार्फत विश्वास गर्नुभएको छ, हामी विकास निर्माण र सुशासनमा केन्द्रीत हुने संकल्पका साथ अघि बढेका छौं ।’–अध्यक्ष थिङले भन्नुभयो ।

बिगत करीब १० वर्ष लामो समयको प्रयत्नले ट्रयाक खोल्न सफल भएकोमा स्थानीय जनतालाई धन्यवदा तथा बधाई ज्ञापन गर्नुहुदै उहाँले साँच्चै स्थानीय क्षेत्रमा विकासको लहर सिर्जना भएको धारणा राख्नुभयो ।

१० वर्ष अघिदेखि तत्कालिन जिल्ला बिकास समितिदेखि,संघीय सरकार,प्रदेश सरकार, गाउँपालिका सरकारले बिगत ३ बर्ष देखि निरन्तर प्रयाससंगै यो ट्रयाक खोल्न सफल भएको हो । प्रदेश सरकार मार्फत आर्थिक बर्ष ०७९/०८० मा छुट्टाएको रु २५ लाख सहयोगमा केही भाग खुलेको थियो । चालू आर्थिक बर्षमा रु ४८ लाख बजेट बिनियोजन गरि काम गरिएपछि ट्रयाक खोल्न सफल भएको थिङ्ले जानकारी दिनुभयो ।

यस सडकलाई अझ व्यवस्थित बनाउन खानिखोला सरकारको निरन्तर माग अनुसार आर्थिक बर्ष ०८१/०८२ को लागि संघीय सरकारले यसै सुकुमफेदी , पाक्दोल, देउपाल, महांकाल, तालढुङ्गा सडकको लागि रु १ करोड रुपैयाँ बजेट परेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !