तालढुंगा–काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा गृहणी महिला सीप मुलक तालिम र नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन भईरहेको छ ।
वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिम सञ्चालनमा रहेको हो ।
त्यस्तै राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज नेपालको आयोजनामा खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय ४ दिनको नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम पनि चलिरहेको छ ।
यि दुई वटै कार्यक्रमको आइतबार एकै दिन खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द बहादुर थिङ (छिन्ताङ) ले उद्घाटन गुर्नभएको हो ।
बेरोजगारीहरुको डाटा संकलन गरि महिलाहरुलाई सीप मुलुक तालीम अन्र्तगत स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन र बजारीकरण गर्ने उदेश्यले साबुन र अचार बनाउने तालीमसंगै युवाहरूलाई बिदेश जनाबाट रोकावट गर्ने उदेश्यले नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम संन्चालन गरेका अध्यक्ष थिङले बताउनुभयो ।
सीप सिकेर आत्म निर्भर रहने गरि सीपको सदुपयोग गर्ने युवा प्रशिक्षण कार्यक्रमले परिवर्तन आउने उहाँको विश्वास छ ।
प्रशासकीय अधिकृत जीवन गैरेले पनि यो तालीमबाट प्राप्त हुने सीप र युवा प्रशिक्षणको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा ३५ जना सहभागी छन् । त्यस्तै गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि सञ्चालित तालीम अन्र्तगत वडा नं ४ मा २५ जना महिला,वडा नं.५ र ६ गरि ५० जना सहभागी रहेको अग्रसर समाज नेपालका अध्यक्ष निर्मला गौतमले जानकारी दिनुभयो ।