काठमाडौं–नेपाल तामाङ घेदुङ याम्बु(काठमाडौ) जिल्ला समितिको हालै सम्पन्न  आठौं जिल्ला भेला तथा अधिवेशनले अध्यक्षमा राजु लामा तामाङलाई चुनेको छ ।

अधिवेशनको बन्दसत्रले कार्यवाहक अध्यक्ष राजु लामा वाइबाको सांगठनिक प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मत पास गरिएको थियो भने वाईबाकै अध्यक्षतामा नयाँ कार्यसमिति छानिएको हो ।

समितिको उपाध्यक्षमा सविना लामा,सचिवमा सन्जु लामा तामाङ,सह–सचिवमा दिलिप कुमार तामाङ चयन हुनुभएको छ ।

घेदुङ याम्बु(काठमाडौ) कार्यसमिति सदस्यहरु राम बहादुर तामाङ,भिमसेन तामाङ,सोनिका तामाङ,कृष्णा तामाङ लामा (डुप्साङ),अरुण तामाङ,राम बहादुर लामा (लारग्यूङ),बसन्त तामाङ,रेणु थोकर,राजिन लामा वाइबा तामाङ रहनुभएको छ ।

नयाँ कार्यसमितिको सर्वसम्मत चयन भएको घोषणा गरी बिधिपूर्वक सपथ ग्रहण गराई अधिवेशनको माइन्यूट समेत हस्तान्तरण गरिएको घेदुङका संघीय सदस्य तथा जिल्ला इन्चार्ज एवं निर्वाचन मण्डलका अध्यक्ष सूर्यमान तामाङले बताउनुभयो ।

नयाँ कार्य समितिको बन्द सत्रमा निर्वाचन प्रक्रियाका लागि सूर्यमानको अध्यक्षतामा अर्चना लामा र बिक्रम लामा रहेको निर्वाचन मण्डलले जिम्मेवारी बहन गरेका थिए ।

घेदुङको संघीय सहअध्यक्ष कुमार सिंह घिसिङ तामाङको प्रमूख आतिथ्यमा भएको अधिवेशनमा प्रदेश घेदुङ अध्यक्ष लिला कुमार घलान तामाङ,संघिय घेदुङ सदस्य तथा जिल्ला इन्चार्ज सूर्यमान तामाङ ,नेपाल बौद्ध शान्ति समाज का अध्यक्ष गुरु पाल्सङग बज्र लामा तामाङ,गोकर्णेश्वर नगरपालिका उपमेयर सान्नानी लामा,नागार्जुनका नगरपालिकाका वडा अध्यक्षहरु रामेश्वर लामा,उमेश लामा,शेलेन्द्र लामा,गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्षहरु मधु तामाङ, नवराज लामा,बुढानिलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरु सुरेन्द्र लामा,सुमन तामाङ, शंखरापुर नगरपालिकाका वडा अध्यक्षहरु रन बहादुर थिङ,सूर्य बहादुर तामाङ,सुमन तामाङ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै को को म्हेन्दो,तामाङ डाजाङका प्रतिनिधि,राजिन लामा वाइबा तामाङ,नगर घेदुङका प्रतिनिधिहरु, मोहदय लामा, बुद्धिमान तामाङ, महेश्वर लामा, सूर्य बहादुर तामाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !