
बौद्ध–तामाङ गीत संगीतको क्षेत्रमा अहिले अमिर दोङ निर्देशित म्युजिक भिडियो ‘बौद्ध नयाँवस्ती’ को चर्चा छ । छयांकनको क्रमदेखि नै चर्चामा रहेको मनोरञ्जनात्मक तामाङ गीतको भिडियो हालै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो ।
तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण गरिएको उर्मिला वाईबाको प्रस्तुती रहेको यसमा अमिर दोङसँगै नायिका एलिना रायमाझीको सशक्त अभिनय रहेको छ ।
तामाङ कलाकारिता क्षेज्ञका अधिकांश नायिकाहरुसँग सहकार्य गरिसक्नुभएका दोङले यो पटक तामाङ कलाकारिता क्षेत्र भन्दा बाहिरका पात्रलाई मुख्य पात्रको रुपमा प्रवेश गराउनुभयो । तामाङ गीतमा अन्य समुदायबाट आएका नायिकाको अभिनय कस्तो होला ? भिडियो सार्बजनिक भए लगत्तै यो जिज्ञासा सहजै मेटिएको छ ।
डम्फु मिडियाको युटुबमा अपलोड गरिएको भिडियो १ दिन नबित्दै झण्डै लाख दर्शकले मन पराएका छन् भने करीव ५ सय दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन् । नायक नायिकाको अभिनयको तारिफ गरेका छन् । गीत मनोरञ्जनात्मक रहेको समग्र प्रतिक्रिया देखिन्छ । भिडियो निर्माणलाई मन पराएका छन् ।
नायिका रायमाझीले आफूले पहिलो चोटी तामाङ गीतमा अभिनय गरेको बताउँदा दर्शक छिरिङ तामाङले सोचेको भन्दा राम्रो भिडियो हेर्न पाएको प्रतिक्रिया जनाउनुभएको छ ।
यो पटक भिडियोमा फरकपन ल्याउने कोसिस गरेको नायक तथा निर्देशक दोङले बताउनुभयो । दर्शकले यो पटकको प्रस्तुती अलि भिन्न पाउने उहाँको दाबी छ ।
गीतको रचना हांस्यकलाकार कुईसाङ रुम्बा हुनुहुन्छ । च्वाईस दोङको संगीत रहेको गीतमा च्वाईस दोङको साथमा गायिका सुमिना लोको आवाज रेहेको छ । जोगलाल लामाको एरेन्ज,अडियो मिक्सिङ दिपेश प्रधानको हो ।
नायक राज किङ वाईबाको नृत्य निर्देशन रहेको भिडियोमा नायक दोङ,नायिका रायमाझीका साथै अन्य कलाकारको रुपमा कुईसाङ रुम्बा, सञ्जिव गोले, बिशाल दोङ, डिबी रुम्बा, पेमा लामा योञ्जन, बिशाल थिङ लगायत हुनुहुन्छ ।
भिडियो हेर्नुहोस् :