तालढुंगा–काभ्रेपलाञ्चोकको खानिखोला गाउँपालिकाले दुग्ध पदार्थको उत्पादनमार्फत किसानको आर्थिक समृद्धिमा टेवा पुर्याउन अनुदानमा भैँसी वितरण कार्य सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण कार्यक्रम अन्र्तगत हालै सातै वडाका १० किसानलाई ५० प्रतिशत अनुदानमा १० वटा भैँसी वितरण गरिएको हो ।

पकेट क्षेत्र सञ्चालनका लागि १० वटा कृषि फर्मको तर्फबाट गाउँपालिकामा निवेदन आएकोमा ति फर्मका लागि भैंसी बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

देउराली कृषि तथा पशुपंक्षी फर्म, मंगल तितुङ वडा नं. ६,देउराली कृषि तथा पशुपंक्षी फर्म, अबिना तितुङ वडा नं. ६,चौतारा कृषि तथा पशुपंक्षी फर्म नीर बहादुर थिङ वडा नं. २,राकेश कृषि तथा पशुपंक्षी फर्म छोरी मायाँ बल वडा नं.५,लुइचे कृषि तथा पशुपंक्षी फर्म कल्पना गोले वडा नं. ६,जनभावना कृषि तथा पशुपंक्षी फर्म पावन थिङ वडा नं. २, राजकुमार कृषि तथा पशुपंक्षी फर्म राजकुमार आचार्य वडा नं. ५,प्रगती कृषि तथा पशुपंक्षी फर्म श्याम लोप्चन वडा नं. ४,काजिमान गोले कृषि तथा पशुपंक्षी फर्म काजिमान गोले वडा नं. ६,उकाली ओराली कृषि तथा पशुपंक्षी फर्म कान्छी मायाँ भोलन वडा नं. ६,पशुपालन फार्म तथा समूहले भैंसी अनुदानमा पाएका हुन् ।

भैँसी बितरण गर्दै गाउँपालिकाकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले यस खालको कार्यक्रमले जनतामा उत्साह आएको बताउँदै युवाहरू बिदेश जनाबाट रोकावट हुने र पशुपालन पकट क्षेत्र बनाउन सक्ने बिश्वास व्यक्त गर्नुभयो ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने खानिखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताउनुभयो । उहाँले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहने जानकारी दिनुभयो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत हेमन्त घिमिरेले जानकारी दिनुभयो । उहाँले भैँसीसँगै किसानलाई भैसिको बिमा औषधि समेत वितरण गरिएको बताउनुभयो ।
अधिकृत घिमिरेका अनुसार गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !