धुलिखेल-नेकपा एमालेका संघीय अध्यक्ष केपि शर्मा ओलीले सोमबार उद्घाटन गरेको एमाले काभ्रे जिल्ला कमिटिको ११ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार अबेर राति सम्पन्न भएको छ ।
अधिवेशन अन्तर्गत मंगलबारबाट बन्दसत्र शुरु भएकोमा बन्दसत्र अन्तर्गत बुधबार साँझ मतदान भएको थियो । मत गणनाको परिणाम अनुसार अध्यक्षमा राजन भुर्तेल निर्वाचित हुनुभएको छ ।
अध्यक्षका अर्का प्रत्यासी चन्द्र लामाले भन्दा ८१ मत बढि ल्याएर भुर्तेल जिल्ला नेतृत्वमा विजयी हुनुभएको हो ।
बुधबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार भुर्तेलले तीन सय ८० मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी चन्द्र लामाले दुई सय ९९ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा देबसागर लामा, सचिबमा राजकुमार सापकोटा, उप सचिबमा रत्नकुश रन्जितकार र सुर्यमाया दनुवार निर्वाचित हुनुभयो ।
उपाध्यक्षमा निर्वाचित लामाले ४७१,प्रत्यासी आत्माराम थापाले २०८ मत पाउनुभयो ।
सचिव राजकुमार सापकोटाको ४४४ उहाँका प्रत्यासी होम प्रसाद चौलागाईले २३५,उप-सचिव (महिला) विजेता सुर्यमाया दनुवारले ३६१,प्रत्यासी पबित्रा भुर्तेलले २३८ र शान्ता न्यौपाने ८० मत प्राप्त गर्नुभयो ।
उप सचिव (खुल्ला) मा विजयी रत्नकुश रञ्जितकारले ३२४ मत ल्याउँदा प्रत्यासी हरिकुमार मैनालीले २०२ र पुरुषोत्तम अधिकारीले १५३ मत पाउनुभयो ।
एमालेको विधान अनुसार ३ वर्षका लागि ५ पदाधिकारी,भुगोल तथा खुला,महिला,युवा,दलित,जनजाति,अल्पसंख्यक सदस्य गरी १०५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
यो अधिबेशनमा छ सय ८६ मतदातामध्ये छ सय ७९ जनाले मतदान गरेका थिए ।
प्रत्यासी,प्रतिस्पर्धि र निर्वाचितहरुको मत परिणाम विवरण यस्तो छ :