कास्की–पोखरा बक्सिङ च्याम्पियनसिप २०८१ को ५२ केजी तौल महिला बक्सिङ खेलमा सन्जु तामाङ थिङले गोल्ड मेडल तथा महिला तर्फबाट उत्कृष्ट खेलाडीको उपाधी जित्न सफल हुनुभयो ।

पोखरा महानगर पालिकाको आयोजना र कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा भएको पोखरा बक्सिङ च्याम्पियनसिप ६७ केजी तौलमा पुरुषमा भने आयुश तामाङले सिल्भर मेडल जित्नुभयो । त्यस्तै ८० केजी तौल समुहमा मनोज तामाङले गोल्ड मेडल जित्न सफल हुनभयो ।

एनबिसी (आईबिए वान स्टार) अनुराधा लामाले रेफ्रीको भूमिका गर्नुभएको च्याम्यिनसिप प्रतियोगितामा नेपालका राष्ट्रिय स्तरको तथा सशस्त्र प्रहरी र नेपाल आर्मीका महिला तथा पुरुष गरि ३० जना खेलाडीहरुको सहभागिता थियो ।

कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता,पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यता र नेपाल बक्सिङ महासंघ केन्द्रिय अध्यक्ष राम अवालेको विशेष आतिथ्यतामा यही जेष्ठ १७ र १८ गते कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि आचार्यले खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताउनुभएको थियो । पर्यटन प्रवद्र्धनमा समेत खेलकुद गतिविधिले टेवा पुर्याउने बताउँदै उहाँले अगामी वर्षमा पनि पोखरा महानगरपालिकाबाट साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रथम ओलम्पियन नामसिङ थापा, विशेष सहयोगी दिपेन्द्र मर्सानी र करीव ५ दशक देखि अनवरत प्रशिक्षकको भूमिकामा सेवा गरे बापत भुपु भारतीय सैनिक हनेरी क्या. लोक बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रम कास्की जिल्ला बक्सिङ संघका उपाध्यक्ष राजु बहादुर कोइरालाले स्वागत मन्तव्य र सचिव भक्त तामाङको सहजिकरणमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस !