ललितपुर–गोदावरी नगरपालिका वडा नम्बर ३ को आयोजनामा गोदावरीस्थित पौडोलमा होम स्टे (घरवास) का संचालक तामाङ महिलाहरूको क्षमता विकास तालिम प्रदान गरिएको छ । यहाँका तामाङ समुदायमा संचालित गोदावरी सामुदायिक होम स्टे संचालक महिलाहरूको लागि गत वैशाख २९ गतेदेखि जेष्ठ २० गतेसम्म संचालित क्षमता विकास तालिमको आईतबार समापन गरिएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गोदावरी नगर उपप्रमुख मुना अधिकारीले घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवद्र्धनका लागि नगरको सहयोग रहने बताउनुभयो । घरबास पर्यटनले महिलाह?को आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने उहाँको भनाइ थियो ।
महिलाहरूको हरेक समस्या समाधानमा लागिपर्ने वडाध्यक्ष राज घिमिरेको वडामा यसखालको कार्यक्रम गौरवमय भएको बताउँदै उपमेयर अधिकारीले होम स्टेलाइ राम्रोसँग संचालन गर्न सकिएमा तामाङ मौलिकता, रहनसहन, रितिरिवाजलाई अनुभव गर्न सकिने बताउनुभयो ।
२१ दिनसम्मको तालिममा पर्यटन आतिथ्यता सत्कार, व्यवस्थापन, पदमार्ग खोज, पर्यटन व्यवसाय र बजारीकरण, पर्यटनमा संस्कृतिको प्रयोग, उद्यमशिलता र हस्तकला सम्बन्धि विभिन्न कामहरू सिक्ने अवसर मिलेको बताउँदै लक्ष्मि लामा र राधिका घिसिङले खुसी व्यक्त गर्नुभयो । तालिमपश्चात आफूहरूमा आत्मविश्वास बढेको उहाँह?को भनाई छ ।
तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न तामाङ समुदायमा होमस्टे सु? गरिएको होमस्टेका अध्यक्ष रूपा तामाङले बताउनुभयो । प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँलाई पर्यटकीय रूपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्ववपूर्ण सफलता हासिल उहाँ बताउनुहुन्छ । होम स्टे संचालनका लागि सहयोग गर्नुहुने वडा अध्यक्ष सानुराजा घिमिरेलाई विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष तामाङले आगामी दिनमा पनि होम स्टेको प्रबद्र्धन तथा बजारिकरणका लागि वडाले मात्रै नभएर नगरले पनि बजेट विनियोजन गरि सहयोग गर्ने अपेक्षा राख्नुभयो ।
समाजसेवी रवीन्द्र सिलवालले यस समुदायमा होम स्टेको अवधारणा गोदावरी सरोकारकी अध्यक्ष बेबि राजभण्डारी र वडा सदस्य सङ्गिता तामाङले ल्याएकोमा धन्यवाद दिदै आगामी दिनमा नगरभर नै सम्भाव्यता अध्ययन गरी होम स्टे संचालन गर्नुपर्ने बताउनुभयो ।
तालिममा सहभागिहरूलाई बेबी राजभण्डारी, शान्ता शाक्य, रविना श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक शाक्यले अन्य स्थानमा भन्दा पौडोलको सिकाईमा फरकपन पाएको बताउनुभयो । उहाँले यहाँको स्थानीय उत्पादनमा हरेक परिकारका साथै, विभिन्न बस्तुहरू निर्माण गर्न सकिने बताउनुभयो ।
यस्तै, होम स्टेका संरक्षक एवं प्रशिक्षक राजभण्डारीले महिलाहरूलाई उद्यमी बनाउने उदेश्यका साथ होम स्टेको अवधारणा ल्याई पर्यटन पर्यावरण, पदमार्ग , होम स्टेमा आउनु भएको पाहुनालाइ गोदावरीमा भएको पर्यटकीय स्थलहरूको अवलोकन, हाईकिङ समेत गरिएको जानकारी दिनुभयो । व्यवसायी स्वयंममा सकारात्मक सोच भए क्षमता अभिवृद्धि पनि हुने भएकोले तालिम आयोजना गरेको उहाँ बताउनुहुन्छ । आगामी दिनमा पौडोल नमुना पर्यटकिय बस्ती बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । होमस्टे सेवा बिस्तार र थप प्रभावकारी बनाउन स्थानीय सरकार,प्रदेश सरकार,सहयोगी संस्थाह?सँग समन्वय,सहकार्य गरी तालिम,गोष्ठी जस्ता कार्यक्रमहरु गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
यसैगरी, वडाध्यक्ष राज घिमिरेले व्यवसायी महिलालाको क्षमता अभिवृद्धि अभियानमा आफ्नो वडा रहेको बताउँदै आगामी दिनमा समेत यस्तो तालिम आयोजना गर्ने जनाउनुभयो । होमस्टेले छरिएरका नेपाली समाजको मौलिक संस्कृति, परम्परा, कलाको प्रवद्र्धन, संरक्षण र विकास गर्दै आर्थिक उपार्जन गर्न सकिने उहाँको धारणा छ ।
धनी मुलुकका धनी पर्यटकका लागि बहुमूल्य भनेकै हाम्रो संस्कृति, परम्परा, कला, प्राकृतिक सौन्दर्यता भएकोले विदेशी पर्यटकलाई गाउँ घरमा रहेका मौलिक आवास खाना र संस्कार, संकृति देखिएर आकर्षण गर्नुपर्नेमा उहाँको जोड छ । स्थानीय क्षेत्रको आर्थिक विकास, रोजगारको सिर्जना मात्र नभई तामाङ संस्कृतिको प्रवद्र्धनका लागि समेत होमस्टे सेवाले महत्वपूर्ण योगदान दिने उहाँ बताउनुहुन्छ । आफ्नो क्षेत्रको विकासका सवालमा पर्यटन प्रवद्र्धन महत्वपूर्ण पाटो रहेको बताउँदै वडाध्यक्ष घिमिरेले यस मार्फत जनताको स्तर उकास्न बजेट निर्माणमा आफ्नो साथ रहने प्रतिवद्धता जनाउनुभयो ।
तामाङ संस्कृतिको जगेर्नाका लागि समेत होमस्टे सेवा प्रभावकारी हुने भएकोले स्वच्छा हावापानीका साथै स्थानीय उत्पादनको स्वाद लिन देश विदेशका पर्यटकहरु आउने उहाँको विश्वास छ । साथै, पर्यटकहरूलाई सजिलोका लागि होम स्टेको सुचना बोर्ड पनि राख्ने तयारी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आएका पाहुनालाई तामाङ संस्कृतिअनुसार सेतो टीका र खादा, गिलासमा पुदिनाको जुस राखी स्वागत तथा सम्मान गरिएको थियोे भने स्थानीय?रुपमा उत्पादन गरिएका रैथाने बालीका परिकारहरू खुवाइएको थियो ।
वडा सदस्य सविना नेपाली, दिपक लामा, वडा कर्मचारी, पत्रकार राजन खरेल,मायालु लामा, गोदावरी सरोकारका सदस्यहरू लगायतको उपस्थिति रहेको समापन समारोह कार्यक्रम कार्यक्रम संयोजक संङ्गिता सिलवालको सहजिकरणमा भएको हो । उपस्थित पाहुनाहरूका लागि स्वागत मन्तव्य भने वडा सदस्य संङ्गिता तामाङले दिनुभएको थियो ।