file photo
काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दोस्रो पटक पनि अमेरिकी दूतावासले अस्वीकार गरेको छ । गत बुधबार सन्दीपले गरेको भिषा आग्रह अस्वीकार गरेको दुतावासले बिहीबार पनि रिजेक्ट गरेको हो ।
बलात्कार मुद्दातमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्यानले सन्दीपलाई सबैखाले क्रिकेट प्रतियोगिताबाट निलम्बन फुकुवा गरेको थियो ।
अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि भिसा अस्वीकार भएपछि १५ सदस्यीय टोलीले नै निरन्तरता पाउने भएका छन् ।
दोस्रो पटक पनि सन्दीपको भिसाा रिजेक्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि घोषणा गरेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्ने भएका हुन् ।
क्यानले यसअघि घोषणा गरेको १५ सदस्यीय टोली अहिले अमेरिकामा छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
विश्वकपको तयारीका लागि नेपाली टोलीले वेष्ट इण्डिज र अमेरिकामा यसअघि ५ अभ्यास खेल खेलिसकेको छ ।
यस्तै आईसीसीले मिलाएको क्यानडा र अमेरिकासँगको दुई खेलगरी नेपाली टोलीले कुल ७ अभ्यास खेल खेल्नेछ । अन्तिम अभ्यास खेलका क्रममा नेपाली टोलीको बिहिबार राति अमेरिकासँगको वार्मअप म्याच खेल रहेको छ ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । जुन ११ मा श्रीलङ्का, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ तारिख बङ्गलादेशसँग खेल्ने तालिका छ ।
समाचार स्रोत : नेपाल खबर