पोखरा–कोकोम्हेन्दो साहित्य समाज कास्कीले पोखरा महानरपालिकाको व्यवस्थापनमा हालै तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवं युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता, संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि लामाले कुनै पनि समुदायले साहित्यका क्षेत्रमा बलियो पकड राख्न सकेको खण्डमा उक्त समुदायको भाषा,संस्कार र संस्कृति पनि समृद्ध हुने बताउनुभयो ।

यसमा कोकोम्हेन्दो साहित्य समाजले शुरुवातदेखि आजसम्म सराहनीय कार्यहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नुहुदै उहाँले नेपालका आदिवासी समुदाय गणतन्त्रका पक्षधर भएको ,हरेक जातजातिको भाषा लिपी संस्कार संस्कृति समानरूपले फुल्न फुलाउन यसलाई सम्पन्न तुल्याउन यसरी नै निरन्तर सकरात्मक प्रयास रहनुपर्नेमा जोड दिनुभयो ।

नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङले कोकोम्हेन्दो साहित्य समाजले साहित्य,कला र संस्कृतिको क्षेत्रमा उर्जा प्रवाहका कार्य गर्दै आएको बताउँदै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थाका सदस्य अन्जना डुम्जनले स्वागत मन्तव्य र सचिव मिनमाया डुम्जनको सहजिकरणमा भएको कार्यक्रममा कार्यक्रममा मनसुब्बा स्याङ्बो, पवित्रा थोकर, राम बहादुर ब्लोन, साहित्यकार माधव खतिवडा र मिनमाया डुम्जनले तामाङ भाषामा कविता वाचन गर्नुभएको थियो ।

photo : Tamang dim

प्रतिक्रिया दिनुहोस !