पोखरा–नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिद्वारा गण्डकी प्रदेश घेदुङमा कास्कीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी लगायत ५ व्यक्तित्व सम्मानित भएका छन् ।

नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष कुमार थिङ तामाङको अध्यक्षतामा शनिबार आयोजित कार्यक्रमका बीच हालै सम्पन्न नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशको अधिवेशनबाट नवनिर्वाचित उपाध्यक्ष राम बहादुर ब्लोन तामाङ (शिबु),सचिव मनिष माम्बा र सदस्य प्रेम लोप्चन सम्मानित हुनुभएको हो ।
बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोभन गर्नुहुदै संघिय उपाध्यक्ष दीपक तामाङ संख्यामा तामाङ समुदाय नेपालका आदिवासी जनजाति मध्ये तेस्रो ठूलो जनसंख्या भएको जाती भएता पनि नेपालको राजनीतिक,आर्थिक,प्रशासनिक,शैक्षिक लगायत राज्यको महत्त्वपूर्ण अंगहरुमा आज पनि तामाङको पहुँच एकदमै नगन्य मात्र रहेको औंल्याउँनुभयो ।

यति ठुलो संख्यामा रहेको एउटा जाती देशको राजनैतिक,आर्थिक,शैक्षिक ,प्रशासनिक,साँस्कृतिक हिसाबले समेत कमजोर हुनु भनेको तामाङ मात्र नभै सिङ्गो देश नै पछि पर्नु हो भन्नुहदै उहाँले तामाङ सशक्तिकरणमा जोड दिनुभयो ।

संस्थाका उपाध्यक्ष कविता योन्जनको स्वागत मन्तव्य र सचिव अन्जना डुम्जनको सहजिकरणमा भएको कार्यक्रममा आफ्नो माताहतका र इकाईहरु रिठ्ठेपानी तामाङ इकाई समिति र सिम्पानी तामाङ इकाई समितिका नवनिर्वाचित अध्यक्ष पूर्ण शिला स्याङ्बो र विर बहादुर थोकरलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वद्वय गण्डकी प्रदेशका नवनिर्वाचित सचिव मनिष माम्बा तामाङ र उपाध्यक्ष राम बहादुर ब्लोन (शिबु)ले आफूहरुले पाएको सम्मानबाट घेदुङ प्रदेशको संस्थागत विकास र गतिशिलतामार्फत तामाङ समुदायको उत्थानमा लाग्न प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार टेक बहादुर तामाङ,राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिनमाया तामाङ,केन्द्रीय पुर्व सदस्य हरिमान थिङ,केन्द्रीय पुर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योञ्जन लगायतका वक्ताले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

photo : Tamang dim

प्रतिक्रिया दिनुहोस !