काभ्रेपलाञ्चोक–जिल्लाको खानीखोला गाउँपालिकाका वृद्ध–वृद्धा, शारीरिक रुपमा अपांगता भएका व्यक्ति, एकल र विद्युवाले आफ्ना वडा–वडाबाटै सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

बर्खाको समयलाई दृष्टिगत गर्दै यो पटक सामाजिक सुरक्षा भत्ताको साथमा वृद्धवृद्धालाई भने छाता र टेक्ने लौरो पनि वितरण गरिएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ(छिन्ताङ)ले बताउनुभयो ।

गाउँहरु भौगोलिक रुपमा विकट भएकोले सेवाग्राहीको सहजताका लागि यस अघि गाउँपालिकाको केन्द्र तालढुङ्गामा रहेको बैंकमार्फत वितरण गर्दै आइरहेको सामाजिक सुरक्षा भत्ता अब वडा तहबाटै वितरण थालिएको अध्यक्ष थिङले स्पष्ट पार्नुभयो ।

गाउँपालिकामा सात वटा वडा छन् । बैशाख २७ देखि जेठ ०८ गतेसम्म प्रत्येक वडा वडामै पुगेको अध्यक्ष थिङ,उपाध्यक्ष दोर्जेमान जिम्बा सहितको टोलिले पालिकाका १ हजार १ सय ०७ जनालाई सामाजिक सुरक्षा भत्ता र ७ सय १३ जनालाई छाता र लौरो वितरण गरेका हुन् ।

वडाहरुमा आयोजित सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गाउँपालिका अ्रध्यक्ष इन्द्र बहादुर थिङ,उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे,वडा अध्यक्षहरु,पन्जिकरण शाखाका प्रतिनिधि,वडा सचिवहरु,प्रशासन शाखाका प्रतिनिधि,एसबिआइ बैंकका प्रतिनिधि लगायत स्थनीय समाजसेवी,विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !