![](https://namobuddhakhabar.com/wp-content/uploads/2024/02/a832e597-6a81-4f98-9da2-c7decf44f202.jpeg)
काभ्रेपलाञ्चोक–जिल्लाको रोशी गाउँपालिकाको गाउँ सभा (हिउँदे अधिवेशन) अन्र्तगत १४ औँ अधिवेशन विभिन्न प्रस्तावहरु पारित गर्दै सोमबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्धबार्षिक प्रगती प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्ताव लगायत विभिन्न प्रस्तावहरू पास गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाद्धारा टेवल गरिएको न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव,प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङद्धारा टेवल अर्धबार्षिक प्रगती प्रतिवेदन सर्वसम्मतले पारित गरिएको हो ।
प्रवक्ता तामाङले पेश गर्नुभएको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल ७४ करोड २७ लाख ६० हजार आय हुने र सोही अनुसार व्यय हुने अनुमान गरिएकोमा ३५ करोड ५३ लाख ३६ हजार ३१३ आय भएको देखिएको छ भने २६ करोड ६९ लाख ७५ हजार ६७ खर्च देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले सञ्चालन गर्नुभएको सभामा रोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष धनजित लामाले शुभकामना मन्तव्य राख्नुभएको थियो,गाउँपालिकाका प्रेस संयोजक ईन्द्र बहादुर थापाले जनाउनुभयो ।