
धुलिखेल–काभ्रेको बनेपामा हुने ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव’ को तयारी तित्र्र पारिएको छ । महोत्सव सफल पार्न गठित मुल समिति,सचिवालय तथा विभिन्न उप समितिहरुले सक्रियता बढाएका हुन् ।
यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म हुने महोत्सवको तयारी तिब्र पारिएको आयोजक जिल्ला समन्वय समितिका प्रमुख एवं महोत्सव मुल समारोह समितिका संयोजक दिपक गौतमले बताउनुभयो ।
जिल्ला समन्वय समितिका साथै बनेपा नगरपालिका लगायत स्थानीय सरकारहरु मिलेर गर्न लागेको महोत्सवको तयारी अन्र्तगत स्थानीय तह,कृषि ज्ञान केन्द्र,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,काभ्रे उद्योग बाणिज्य संघ,सहकारी संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल सम्पन्न गरी अन्य तयारी भईरहेको समन्वय प्रमुख गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकी तयारी अन्र्तगत अतिथि निमन्त्रणा,आर्थिक व्यवस्थापन,स्टल व्यवस्थापन तथा बुकिङ,सुरक्षा व्यवस्थापन,प्रचार प्रसार लगायतका कार्य तिब्र पारिएको छ । जिल्लामा उत्पादित कृषि तथा पशुजन्य उपजहरुको प्रर्दशनी,बजारीकरण तथा कृषहरुको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने मुख्य उद्देश्यले कृषि महोत्सव गर्न लागिएको प्रमुख गौतमको भनाई छ ।
महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफुल बाली, तरकारी बाली, मसला बाली, च्याउ बाली, मौरी वा मह, नर्सरी तथा आलंकारिक विरुवाहरु, दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन र मत्स्यजन्य परिकार, उत्पादन र प्रशोधनसँग सम्वन्धित उपकरणहरु, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरु, वित्तिय सेवा कर्जा सम्वन्धी, होमस्टे एवं लघु तथा साना उद्यमीहरुका स्टल रहने छन् ।
महोत्सवमा कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरु सहभागि गराई कारोवारमा बृद्धी ल्याउने, कृषकहरुलाई आवश्यक पर्ने प्रविधि,उत्पादन सामग्री एवं औजार उपकरणहरुको प्रर्दशनी समेत गरिने भएको छ । कृषकहरु विचमा विकसित नयाँ प्रविधि एवं सामाग्री औजार उपकरणहरु प्रति आर्कषण बढाई उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका कृषकहरुलाई समेत नयाँ उन्नत प्रविधि अपनाउन महोत्सवले प्रोत्साहित गर्ने समन्वय प्रमुख गौतमको धारणा छ ।
यसका साथै जिल्लामा उत्पादन हुने बाली एवं पुशपन्छीहरुको ब्यवसायीक उत्पादन,प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने,कृषकहरुको मनोवल उच्च राख्न ब्यावसायीक कृषकहरुलाई उत्कृष्टताको आधारमा कदर गर्दै सम्मान गर्ने योजना समेत सार्वजनिक गरिएको छ ।
कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेको प्राविधिक समन्वय,काभ्रे उद्योग बाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा हुन लागेको महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन गर्नुहुने जनाईएको छ ।
महोत्सवका लागि करुणा मार्ग,लायकुमञ्च तथा बनेपा बजार क्षेत्रसम्म नै स्टलहरु राखिनेछन् । प्रति स्टल २० हजार शुल्क तोकिएको छ । महोत्सव सम्पन्न गर्न करीब १ करोड १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।