काठमाडौं–यो पटकको २०६० औं सोनाम ल्होछार(नयाँ वर्ष)को अवसरमा दर्शकस्रोताका लागि कलाकारहरुले ‘दिङ्गिला ल्होछार’ सांगीतिक कोसेली ल्याएका छन् ।
सोनाम बज्यु,फूलकुमार बम्जन,सोनाम लामा,सुमिना लो,रेश्मा बम्जनसहितको आवाज रहेको तामाङ गीत भिडियोसहित ल्याईएको हो । Sonam Bajyoo युटुब च्यानलबाट सार्वजनिक गरिएको गीत स्वयं बज्यु र फूलकुमार बम्जनको संयुक्त रचना हो भने यसमा बज्युकै संगीत रहेको छ ।
सोनाम लामाद्धारा निर्देशित भिडियोमा मिलन थिङ,सञ्जु लिम्बु,कृश्मा वाइबाका साथै स्वयं सोनाम लामा मोक्तानको मन छुने अभिनय रहेको छ ।
गीतमा गौरत बज्यु,अनुशा घलान,पविता गोले,थर्चिन गोले,सिम्रीक गोले,सरिना घलान,बुनु लामा,सुनिता बम्जन,दिक्षा भ्लोन,रितिश्मा बज्यु,रोजिना कुमारी बम्जन,आक्रोश वाइबा,सुजल बज्यु,सन्देश गोले,आरुश मगर लगायतका कलाकारहरुको नृत्य अभिनय समेत देख्न सकिन्छ ।
बुद्ध तितुङको कोरियोग्राफी रहेको भिडियोलाई भिम बहादुर तामाङले छायांकन गर्नुभएको हो । ड्रोन,कलरका साथै सम्पादन पनि उहाँले नै गर्नुभएको हो ।
सोनाम बज्यु र सोनाम लामा मोक्तानको परिकल्पनामा तयार भएको गीत तथा भिडियोले तामाङ सभ्यतामा ल्होछारको सामाजिक,सांस्कृतिक मान्यता र महत्वका साथै धार्मिक सहिष्णुताको पाटोलाई समेत जोड दिएको छ ।
भिडियोसहित