काठमाडौं–ल्होछारको नयाँ गीत ल्होछार खाजीले तामाङ गीत सार्वजनिक भएको छ ।

तामाङ समुदायको सोनाम ल्होछार आउँदै गर्दा ल्होछारको उमंग साथै यसको धार्मिक,सांस्कृतिक मान्यता र महत्वका विषय उजागर गर्ने खालको ल्होछार गीत भडियोसहित दर्शकस्रोतामाझ आएको हो ।

गीतमा विशाल काल्तान,जितु लोप्चनका साथै प्रकाश तामाङ तितुङ,प्रदिप लामा,आसमान लोप्चन,रेश्मा बम्जनको आवाज रहेको छ ।

गायिका जितु लोप्चन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको गीत विपिन लोप्चनकोको शब्द रचना हो भने भिडियो निर्माण पनि स्वय विपिनले गर्नुभएको हो ।

चर्चित गायक तथा संगीतकार विशाल काल्तानको संगीत रहेको गीतको एरेञ्ज दिपेश प्रधानले गर्नुभएको छ ।

भिडियोसहित

प्रतिक्रिया दिनुहोस !