काठमाडौं–मञ्जुश्री संवत अनुसार तामाङहरुको नयाँ वर्ष(सोनाम ल्होछार) आगमनको सम्मुख शुक्रबार नयाँ ‘ल्होछार’ गीत सार्वजनिक भएको छ ।

तामाङ संस्कृति,धर्म एवं मौलिकतासहितको ल्होछारको महत्व दर्शाइएको गीतमा नायक तथा गायक प्रविन्सका साथै जितु लोप्चनको स्वर रहेको छ ।

कुमार स्याङ्बाको शब्द रचना र प्रविन्स आफ्नै संगीत रहेको गीत स्वयम्को युटुब च्यानल(प्रविन्स मोक्तान) बाट दर्शकस्रोतामाझ आएको हो ।
शुक्र दोङको एरेञ्ज,दिपेस प्रधानको मिक्सिङ मास्टरीङ रहेको गीत ल्हासो म्युजिक स्टुडियोमा रेकर्डिङ भएको थियो ।

तामाङ चलचित्रका साथै सेलो तथा तामाङ गीतहरु पस्केर दर्शस्रोतामाझ आफ्नै छाप छोडेका चर्चित कलाकार मोक्तानले यो ‘ल्होछार’ गीतलाई पनि दर्शक स्रोताहरुले पहिलाको गीतलाई झैं माया गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तो छ गीत

प्रतिक्रिया दिनुहोस !