
प्लस टू उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान
काभ्रेपलाञ्चोक–काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ का स्थानीय विद्यार्थीहरुले जाडोमा न्यानो कपडा पाएका छन् ।
वडा नम्बर १ सस्र्यूंखर्कको कार्यालय र लायन्स क्लब मिलेर वडाका ६ वटा प्रावि तथा आवि र एक वटा मावि तहमा अध्ययनरत ४ सय ६६ जना विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो ।
३ लाख २५ हजार बराबरको कपडा विद्यार्थाीहरुले निःशुल्क पाएका हुन् । जन चेतना मावि, पन्चकन्या आवि,सिम भन्ज्यङ प्रावि,मल्लवि देवि प्रावि,भुपालेश्वर प्रावि,नव जागरण प्रावि गरी ६ वटा विद्यालयका विद्यार्थीहरु लाभान्वित छन् ।
जनचेतना माविमा भएको न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि क्याबिनेट सेक्रेटरी लायन गोपिमान श्रेष्ठले आफूलाई गाउँमा यसरी सहयोग गर्न पाएको र विद्यार्थीहरुमा हौसला प्रदान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।
उहाँले भावी दिनमा पनि वडासंग समन्वय गरेर स्वास्थ्य चौकीको भवनका साथै विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष इन्द्र बहादुर अधिकारीले विद्यार्थीहरूको आवश्यकता र पढाईको गुणस्तर वृद्धि गर्न हौसला प्रदान गर्न क्लबको सहयोगमा वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई सहयोग स्वरुप निःशुल्क न्यानो कपडा ट्याक सुट र टिसर्ट वितरण गरिएको बताउनुभयो । यस अघि पनि स्विटर वितरण गरिसकेको सुनाउँदै उहाँले ग्रामीण क्षेत्रमा अझै सामुदायिक बिद्यालयमा विद्यार्थीहरुको संख्या घट्दो अवस्था रहेको समेत औंल्याउनुभयो ।
वडा अध्यक्ष अधिकारीले सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न वडाको तदारुकतामा विद्यालयहरूबीच विभिन्न कार्यक्रम गरिरहेको समेत जानकारी दिनुभयो ।
जाडो मौसममा आफूहरुले न्यायो कपडा पाएकोमा स्थानीय विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । शैक्षिक गुणस्तर अभिवृद्धिको अभियान अन्र्तगत वडा कार्यालय र लायन्सले यस खालको कार्यक्रम गरेकोमा स्थानीय बुद्धिजीविहरुले पनि प्रशंसा गरेका छन् ।
कार्यक्रममा जन चेतना माविबाट प्लस टू उतिर्ण गरेका ४० जना विद्यार्थीहरुलाई वडा कार्यालयको तर्फबाट बधाई र उज्वल भविष्यको लागि हौसला प्रदान गर्न सम्मान पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा डिपार्टमेन्ट अफिसर लायन मनाकृष्ण श्रेष्ठ,लायन्स क्लब अफ काठमाडौंका सभापति ओम बुद्ध,लायन कान्छा मान तामाङ,अतिथि जोन चिएर पर्सन,लायन शुभद्रा तामाङ,अतिथि लायन्स वाङ्दी शेर्पा लगायत उपस्थित रहनुभएको थियो ।
फोटोफिचर