• लोक बहादुर लामा

काभ्रेपलाञ्चोक–जिल्लाको रोशी गाउँपालिकाको वडा नं. ११ स्थित डम्फू जीवन्त संग्रहालय(डम्फू पार्क)मा यहि माघ १२ देखि रोशी फुल कन्ट्याक्ट कराँते रोशी कप हुने भएको छ ।

रोशी गाउँपालिकाको सहयोगमा नेपाल खेलकुद तथा सामाजिक बिकास केन्द्र रोशी ५ ले आयोजना गर्न लागेको प्रतियोगिताको बागमती प्रदेश सरकार खानेपानी,उर्जा तथा सिंचाईंमन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा उद्घाटन हुने संस्थाका निवर्तमान अध्यक्ष दिल दोर्जे लामाले बताउनुभयो ।

लामाका अनुसार खेलमा विभिन्न १० समुहबीच प्रतिस्पर्धा हुने छ । महिला तर्फ ४५केजी र ५५ केजी,पुरुष तर्फ ३५ केजी,४० केजी,४५ केजी,५० केजी,५५ केजी गरि दुई समुह र ६० केजी गरि जम्मा छ समुहमा फाइट प्रतिस्पर्धा हुने छ । काँटामा भने महिला र पुरुष एक एक समुहमा प्रतिस्पर्धा हुने छ ।

प्रतिस्पर्धामा उत्कृष्ट छनौट भएका खेलाडीहरुलाई नगदसहित प्रमाणपत्र मार्फत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

स्थापना काल देखि खेलकुद लगायतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको संस्थाले यो पटक रोशी गाउँपालिकाको सहयोगमा तेस्रो रोशी फुल कन्टटयाकट कराँते रोशी कप गर्न लागेको र आवश्यक तयारी लगभग सम्पन्न भएको निवर्तमान अध्यक्ष लामाले जानकारी दिनुभयो ।

खेलमा सहभागि हुन इच्छुक जिल्लाभित्रका फुल कन्ट्याक्ट कराँते खेलाडीहरुलाई माघ ११ गतेभित्र नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ ।

नाम दर्ता गराउन इच्छुक रहेमा तथा थप जानकारी आवश्यक परेमा दिल दोर्जे लामा ९८५१२०४१२८,कान्छामान लामा ९८४१४५२९४०,रुपध्वज लामा ९८४१०८२२६३ वा निमा लामा लाई ९८५११३५८५६ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको हो ।

‘स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको खेल माघ १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस !