काठमाडौं–सैलुङअनलाइन डट कमका अध्यक्ष श्यामलाल लामालाई पितृ शोक परेको छ । अध्यक्ष लामाको बुबा नोर्बु लामाको ८४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।

स्वर्गीय लामा लामो समय मुटुको रोगी थियो । टिचिङस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान २ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

स्व.लामा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं ३ स्थित भुस्कुनका हुनुहुन्छ । उहाँ लामा शिक्षामा निपुण हुनुहुन्थ्यो । काभ्रे‚रामेछाप‚दोलखा लगायतका तामाङ बस्तीहरूका उहाँद्धारा प्रशिक्षित पुरेत लामाहरु हुनुहुन्छ ।

स्व.लामा छ्योइफेल कुन्देलिङ गोन्पाका प्रमुख लामा उहाँका ४ छोरा र ३ छोरी हुुनुहुन्छ ।

पारिवारिक स्रोतका अनुसार यही बुधवार टेकुस्थित ढुथोइ रामाढोलीमा दाहसंस्कार गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !