काभ्रे–नेवार समुदायले मनाउने विशेष पर्व योमरी पुन्हिको अवसरमा काभ्रेको धुलिखेलमा योमरी जात्रा हुने भएको छ ।

हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा(पहिलो पूर्णिमा) अर्थात धान्य पूर्णिमाको दिनमा मनाउने यस पर्वको अवसरमा स्थानीय लाक्षी महिला समूहले जात्रा आयोजना गर्ने भएको हो ।

‘आगामी १० गते मंगलवार नारायनथान लाछी डबली,धुलिखेलमा धुलिखेल योमरी जात्रा २०८० गर्ने तयारी थालेका छौं ।’–आईतबार धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा समूहकी अध्यक्ष दिवा व्याञ्जू श्रेष्ठले भन्नुभयो ।’,-‘जात्रामा विभिन्न प्रकारका योमरीका परिकारहरु तथा अन्य नेवारी परिकारहरुको फुड स्टलहरु रहने छन् । साथै नेवारी कला संस्कृति झल्कने विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत रहने छन् ।’

योमरी पुन्हिको यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने चलन रहेको छ । स्वास्थ्यको दृष्टिले निकै पोषणयुक्त मानिएको यो परिकार नेवार आदिवासी समुदायको मौलिक परिकार मानिन्छ । यसको सांस्कृतिक महत्व समेत देखिन्छ ।

स्थानीय कला संस्कृति प्रवद्र्धनका साथै यस खालको मौलिक परिकारको संरक्षण,व्यवासयिक विकास मार्फत आर्थिक सशक्तिकरण तथा पर्यटन प्रवद्र्धन हुने अपेक्षासहित जात्रा आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

धुलिखेल नगरपालिकाको सहयोगमा हुने जात्राको धुलिखेलका साथै बनेपा,पनौती,नमोवुद्ध,पाँचखाल लगायतका करिव एक हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर ७ का केहि महिला दिदिवहिनीहरुको सक्रियतामा २०७४ मा स्थापित लाछी महिला समुहले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस !