
भकुण्डेवेशी–काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधी, शिक्षक, विद्यार्थी लगायतले रक्तदान गरेका हुन् ।
स्थापनाको नवौं बर्ष पुरा गरी १० औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा सहभागि सबैलाई नगर प्रमुख कुनसाङ लामा,उपप्रमुख रत्नबहादुर लामा,प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले सहभागि सबैलाई आभार प्रकट गर्नुभयो ।
रक्तदाता सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।