काठमाडौं—नेपाली सांगीतिक क्षेत्रमा नयाँ कोसेली ‘साँचो मनले’ हालै सार्वजनिक भएको छ । ‘वसन्तले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको ठिक एक महिना लगत्तै मिलन थिङ पाराङकै पछिल्लो अभिनयको रुपमा ‘साँचो मनले’ आधुनिक गीतको भिडियो आएको हो ।

कविन्द्र तामाङको युटुव च्यानलमार्फ सार्वजनिक गरिएको भिडियोमा मिलनका साथै रेविका लामा,सविना दोङ,मिस्टर काजी,शयनम अधिकारी,विजय सुन्दास लगायतको पनि अभिनय देख्न सकिन्छ ।

कविन्द्र सँगै सुमिना लोको सुमधुर आवाज रहेको गीतको रचना तथा संगीत स्वयम् कविन्द्रको हो । कार्साङ लामाको ऐरेन्ज रहेको गीतको भिडियो रेविका लामाले निर्माण गर्नुभएको हो ।

मिस्टर काजीको निर्देशन रहेको भिडियोले मानिसहरुमा सफल मायाप्रेमका लागि आवश्यक विश्वास तथा भरोसाका पाटो सशक्त ढंगले उजागर गरेको छ ।

त्रिलोक लामाको छायांकन,अमृत चापागाईंको सम्पादनमा तयार भएको भिडियो निकै मनोरन्जनात्मक देखिन्छ । गीत तथा भिडियोलाई दर्शकले रुचाउने मोडल मिलन थिङ पाराङको विश्वास छ ।

भिडियोसहित :

 

 

प्रतिक्रिया दिनुहोस !