
भक्तपुर—लामो समयदेखि क्यान्सर जस्तो घातक र महंगो रोगको उपचार धान्नु एउटा सामान्य परिवारको लागि ज्यादै नै गाह्रो कुरा हो । यस्तै समस्यासँग भोजपुर जिल्ला,षडानन्द नगरपालिका वडा नं. १४ (बोया) की ४४ वर्षीय लक्ष्मी क्षेत्री योगी बिगत ७ वर्षदेखि जुधिरहनुभएको छ ।
आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि उहाँले सहयोगको याचना गर्नुभएको छ । २ साना छोरीछोराको स्याहार तथा पढाई खर्च जुटाउन मात्रै हैन,बिगत ७ वर्षदेखि पेन्क्रियाजको क्यान्सरबाट थलिएपछि योगी परिवारलाई निकै समस्या भएको हो ।
आफन्त साथीभाईको सामान्य सहयोगबाट हालसम्म जेनतेन चलेता पनि अब बिरामीको थप उपचार र घरासी खर्च बढ्दा परिवारमा ठूलो शंकट पर्न थालेको बिरामीकी श्रीमान जगत मान योगीले गुनासो गर्नुभयो ।
‘यस्तो बिरामीको ज्यान र छोराछोरीको भविश्य शंकटमा परेको बेला पानीमा बगेको कमिलालाई समाउने पात मिले झै तपाई हाम्रो सानो सहयोगले ठूलो योगदान पुर्याउन सक्छ ।’—लक्ष्मी योगी बचाऔ अभियान सञ्चालक प्रकाश राइले भन्नुभयो ।
आर्थिक अभावले उपचारमा समस्या आएपछि जीवन मरणको दोसाँधमा रहेका बिरामीको उपचारको लागि देश बिदेशमा रहेका मनकारी महानुभाव तथा संस्थाहरुलाई सहयोगको अपिल गरिएको छ ।
हाल स्वास्थ्य उपचारको क्रममा भक्तपुरको गठ्ठाघर बस्दै आउनुभएका योगीको उपचारमा आफ्नो ईच्छा र क्षमता अनुसार सहयोग गर्न अनुरोध गरिएको हो ।
सहयोग गर्न चाहने सहयोगी महानुभावहरुका लागि खाता वाला र खाता नं. समेत सार्वजनिक गरिएको छ ।
Account holder’s name: Jagat Man Yogi
Account No.: 1090101063386010
Bank: Rastriya Banijya Bank Limited
Branch: Bishalnagar, Kathmandu
अभियान र सहायताको लागि थप जानकारी चाहिएमाः
१. जगत मान योगी (बिरामीको श्रीमान्) – 9851003284
२. प्रकाश राई (अभियान सञ्चालक) – 985-1189225