
काठमाडौं–आउने जेठ २६ गते एकैसाथ देशभरका हलहरुमा रिलिज हुन लागेको नेपाली चलचित्र नीरफूलको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । कोभिड–१९ का कारण रिलिज रोकिएको नीरफूल रिलिजको नयाँ डेट तय गर्दै हाईलाइट्स नेपालको युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी तथा साहित्यकार समेत रहेका यस चलचित्रका निर्देशक फूलमान वलले यो पटक चलचित्र प्रर्दशनको तयारी गरिएको जानकारी दिनुभयो । फिल्मबारे उहाँले भन्नुभयो–“भुकम्पले घर भत्केका देख्यौं तर हामीले मान्छेका मन,सम्बन्धहरु भत्केका देखेनौं,यिनै कथा हो फिल्म नीरफूल ।”
राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड पाएको सर्ट फिल्म ‘सेलफोन’ निर्देशन गरिसक्नुभएका वल निर्देशित फिल्म नीरफूलमा नायक दयाहाङ राई,नायिका शान्ति वाइबा,विशेष भुमिकामा रेखा थापाको हुनुहुन्छ भने बुद्धि तामाङ(हैट),पुस्कर गुरुङ,मानसराज,रोशन फ्युवा,निशा पाख्रिन,सरीता गिरी,जीवन वराल,सन्तोष लामा,विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको जनाईएको छ ।
२०७२ को कहालीलाग्दो विपत्ति भुकम्प र मानविय संवेदनालाई मुख्य विषय बनाएको यस फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेख्नुभएको हो । सचिन यसमा एशोसिएट निर्देशक हुनुहुन्छ ।
फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शन तथा सेलो फाउण्डेशनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुनुहुन्छ ।
निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ,कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत हुनुहन्छ ।
प्रमोद कार्कीको छायांकन रहेको नीरफूलमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा दुर्गा खरेल,प्रमोद खरेल अनि राजेशपायल राईको स्वर छ । फिल्मको सम्पादन निमेष श्रेष्ठले गर्नुभएको हो ।
यस्तो छ ट्रेलर :