फाइल फोटो :

काभ्रे– ‘जिउँदा शहीद’ भनेर चिनिएका मुकेश कायस्थ अब भौतिक रुपम हामीमाझ रहनुभएन । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा घाइते उहाँको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा कायस्थको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । जीवनको १४ वर्षमा भएको सोही दिन घटनादेखि ओछ्यान परेका उहाँको ३२ वर्षको उमेरमा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले स्पष्ट पार्नुभयो ।

उक्त घटनापछि पक्षघात भएका कायस्थ १७ वर्षको उमेर पुग्दासम्म पनि अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । निरन्तरको उपचारपछि वायाँ हात चलाउने,हाँस्ने,केहि खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने हुनुभएको थियो ।

सरकारले मुकेशको उपचार खर्च,१५ हजार मासिक भत्ता,एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एकजना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७ः ३० बजे निधन भएको हो । उहाँको विहिबार अन्त्येष्टि गरिने प्रतिष्ठाने जनाएको छ ।

कायस्थ बनेपा नगरपालिका वडा नम्बर ८ मा २०४८ साल भदौ ९ गते जन्मनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !