काभ्रे–जिल्लाबाट पत्रकारितामा क्रियाशिल तथा सञ्चार पेशामा इच्छुक महिलाहरुका लागि शुक्रबारदेखि  धुलिखेलमा पत्रकारिता तालिम शुरु भएको छ ।

जिल्ला समन्वय समितको काभ्रेको आर्थिक सहयोगमा पत्रकार महासंघ काभ्रले आयोजना गरेको तालिमको समन्वय समितिका प्रमूख दिपक गौतमले उद्घाटन गर्नुभयो ।

मुलुकमा आमूल परिवर्तनको लागि पत्रकारहरूको ठुलो भूमिका रहेको बताउँदै उहाँले पत्रकारिता क्षेत्रमा महिलाहरूको उपस्थिति पनि बलियो हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘महिलाहरु प्राविधिक क्षेत्रका साथै कालो कोट‚सेतो कोट‚पत्रकारिताको पहेँले ज्याकेट लगाएर फिल्डमा रहनु निकै अर्थपूर्ण हुन्छ,त्यसैले महिलाहरूको सहभागिता धेरै हुनुपर्दछ,यस कारण पनि आजको तालिम सान्दर्भिक छ ।’

कार्यक्रममा काभ्रे जिल्ला प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले काभ्रेमा पत्रकारिता क्षेत्रमा महिलाहरूको कमी भएको महसुस गर्दै गर्दा पत्रकारितामा महिलाको क्षमता विकासका साथै सहभागि अभिवृद्धिका लागि तालिम आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो ।

पत्रकारितामा महिलाहरूको समान सहभागिता एवं क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको नेपाल पकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले स्पष्ट पार्नुभयो । अध्यक्ष तिमल्सिनाले जिल्ला समन्वय समितिसँगको सहकार्य आगामी दिनहरुमा पनि आवश्यक रहेको बताउनुभयो ।

दक्ष एवं अनुभवी प्रशिक्षकहरुबाट महिला पत्रकारिता क्षमता विकास केन्द्रित विभिन्न विषयमा हुने तालिममा २५ जना सहभागि गराइने उद्देश्य रहेको पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष एवं तालिमको संयोजक सुनिता सापकोटाले बताउनुभयो । उहाँका अनुसार तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।

तस्विर : विकास तिमल्सिना

प्रतिक्रिया दिनुहोस !