चितवन– ५४ हजार १७५ मत प्राप्त गर्दै फराकिलो मतान्तरका साथ चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको छ ।
सत्ता गठबन्धनको साथमा नेपाली कांग्रेसबाच चुनाव उठेका जीतनारायण श्रेष्ठले ११ हजार ११४ मात्र मत प्राप्त गरेपछि लामिछानेले ४३ हजार ६१ फराकिलो मतान्तरले उपनिर्वाचन जित्नुभएको हो ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले भने १० हजार ९३४ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि लामिछाने ४९ हजार २ सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

तिनै लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि वैशाख १० गते चितवन २ मा उपनिर्वाचन गरिएको हो ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस !