फाइल फोटो,
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको उपनिर्वाचनबाट भारी मतान्तरका साथ जित हाँसील गर्ने देखिएको छ ।
चितवन २ मा वैशाख १० मा सम्पन्न मदानपछिको मतगणना नतिजा अनुसार अहिलेसम्म सोही क्षेत्रका उम्मेदवार लामिछानेले ५० हजार बढी मत पाउनुभएको छ ।
४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४९ हजार २६४ मत ल्याएर जितेका लामिछानेले यो पटकको उपनिर्वाचनको मतगणनाको क्रममा १० हजार मत गन्न बाँकी रहंदा नै ५० हजार २९ मत प्राप्त गरिसक्नुभएको छ ।
अहिलेसम्म दोस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत पाउनुभएको छ भने नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गर्नुभएको छ ।
मंसिरको निर्वाचन कांग्रेस–एमाले उम्मेदवारसँग १९ हजार ६ सय ३४ मतान्तरले जित्नुभएका लामिछानेले अहिले नै ३१ हजार ९ सय ८७ मतान्तर बनाइसक्नुभएको छ ।
तिनै लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि चितवन २ मा उपनिर्वाचन गरिएको हो ।